टोखामा यसरी मनाईयो बिस्का जात्रा (फोटोफिचर)

टोखामा यसरी मनाईयो बिस्का जात्रा (फोटोफिचर)

काठमाडौं– नयाँ वर्ष २०७६ सालको सुरुवातसँगै मनाईने नेवार समुदायको बिस्का जात्रा काठमाडौंको टोखामा पनि भव्य रुपमा सुरु भएको छ । टोखावासीले ५ दिनसम्म मनाउने यो जात्रा बैशाख २ गतेबाट सुरु भएको हो आज जात्राको दोस्रो दिन हो। पहिलो दिन विहान टोखाको भूतखेल, यलाग र थलागमा पिगन्द्यो मू जात्रा जात्रा मनाइन्छ।

सोही दिन दिउँसो थलागटोलमा चण्डेश्वरी मूल जात्रा एवं सिन्दूर जात्रा मनाई राती थनेलाछी भन्ने स्थानमा याप्याखँ, दियो बाल्ने तथा भजन कृतन गर्ने गरिन्छ। यस्तै आज दोस्रो दिन विहान थनेलाछीमा बिहानी खट जात्रा मनाई दिउँसो सरस्वती चौरमा नाराणपोखरी स्नान जात्रा मनाइएको छ। अब आजै राती कोनेलाछीमा याप्याखँ, दियो बाल्ने तथा भजन कृतन गर्ने तयारी भइरहेको छ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु