सरकारको आलोचना भैरहन्छ, हामी काम अगाडी बढाइरहन्छौ : मन्त्री बाँस्कोटा

"सरकारी सम्पत्तिको दुरुपयोग गर्ने छुट कसैलाई छैन्''

सरकारको आलोचना भैरहन्छ, हामी काम अगाडी बढाइरहन्छौ : मन्त्री बाँस्कोटा

बुटवल– सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारको आलोचना भएपनि कामको गति नरोकिने बताएका छन् ।

मङ्गलबार रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘सरकारको आलोचना गर्न छुट छ, स्वागत पनि छ ।’

सरकारले गरेका कामका सन्दर्भममा विपक्षी दलले आलोचना गरेकोतर्फ संकेत गर्दै उनले आलोचन गर्नु अधिकार भएको पनि बताए । ‘आलोचना भैरहन्छ, हामी काम अगाडी बढाइरहन्छौ’, मन्त्री बाँस्कोटाको भनाइ छ ।
नयाँ भिजनका साथ अगाडि बढिरहेको सरकारले लगानी सम्मेलनमार्फत ७७ वटा योजानमा २४ खर्ब रुपैयाँ बारबरको लगानीको प्रस्ताव आउनु आफैँमा राम्रो पक्ष भएको दावी गरे । एक बर्षलाई सरकारले नव निर्माणको बर्षको रुपमा लिएको भन्दै मन्त्री बास्कोटाले यसलाई आत्मसाथ गरेर अगाडि बढ्ने भनाइ राखे ।

चुनौतिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको सरकारले केही नयाँ काम गर्न खोज्दा आलोचना सहुनुपर्ने भन्दै उनले पहिला सुरुङमार्ग, रेलमार्गका कुरा गर्दा हाँसो मजाकमा उडाउनेहरु अहिले आवश्यकता हो र ? भन्ने बहसमा लागेको बताए ।

बालुवाटार जग्गा प्रकरणको विषयमा मन्त्री बास्कोटाले सरकारी सम्पत्तिको दुरुपयोग गर्ने छुट कसैलाई पनि नभएको भन्दै जोसुकैलाई पनि कारवाही गर्न नछेक्ने बताए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु