युवती बलात्कारको अभियोगमा ४ जना पक्राउ

युवती बलात्कारको अभियोगमा ४ जना पक्राउ

पोखरा  -२२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । लेकसाइडस्थित होटलमा चार जनाले एक युवतीमाथि बलात्कार गर्न खोजेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको प्रवक्ता रवीन्द्रमान गुरुङ रहेका छन् ।

सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोमबार नै चारजनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु