अन्नपूर्ण सीइओमा घिमिरे नियुक्त

अन्नपूर्ण सीइओमा घिमिरे नियुक्त

काठमाडौं -अन्नपूर्ण मिडिया नेटवर्क व्यवस्थापनले मानस घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्त गरेको छ। नेटवर्कमै अपरेशन डाइरेक्टरका रुपमा कार्यरत घिमिरेलाई वैशाख १ गतेदेखि लागू हुने गरी सीइओ नियुक्त गरिएको हो।

नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सोमबार अपरान्ह एक कार्यक्रमकाबीच नवनियुक्त सीइओ घिमिरेलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। अध्यक्ष थापाले पाँच वर्षअघि बजार अधिकृतको रुपमा अन्नपूर्ण प्रवेश गरेका घिमिरेले गरेको कार्यसम्पादनलाई उच्च मूल्यांकन गर्दै उनको कार्यकालमा नेटवर्कले श्रीवृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे।

‘छोटो समयमै अन्नपूर्ण मिडिया लोकप्रिय हुन सफल भएको छ,’ अध्यक्ष थापाको भने,‘व्यवस्थापनको पछिल्लो निर्णयले अन्नपूर्ण मिडियालाई अझ बढी प्रतिस्पर्धी र जनताको अपनत्व वृद्धि गराउन ठूलो सघाउ पुर्‍याउनेछ।’

यसैगरी नेटवर्कको डाइरेक्टर कन्सलट्यान्टमा रामकृष्ण निरौला नियुक्त भएका छन्।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु