नेपाली स्कटिश सोसाइटीद्वारा आयोजित शुभकामना सांगीतिक साँझ भब्यताका साथ सम्पन्न

नेपाली स्कटिश सोसाइटीद्वारा आयोजित शुभकामना सांगीतिक साँझ भब्यताका साथ सम्पन्न

ग्लासगो– नेपालीहरुबीच नयाँवर्ष को शुभकामना आदान प्रदान गर्ने उद्देश्यले स्कटल्याण्डको ग्लासगोको प्याट्रीकमा नेपाली नयाँवर्षको दिन शुभकामना सांगीतिक साँझको कार्यक्रम आयोजना गरि भब्य रुपमा मनाइएको छ ।

भरपुर मनोरञ्जन दिने उद्देश्यले आयोजना गएिको नयाँ वर्षको सांगीतिक कार्यक्रममा नेपाली राष्ट्रिय एवं स्थानिय गायक तथा बालबालिकाको गीत र नृत्यले सबै सहभागीहरू लाई मनोरञ्जन दिएको थियो। कार्यक्रममा बाल कलाकारहरु ले नेपाल भ्रमण बर्ष २०२० नेपाल घुम्न जाउँ भन्ने सन्देश समेत प्रवाह गरेका थिए। कार्यक्रम लाई बाल मनोरञ्जन बनाउने उद्देश्यले बालबालिका बिशेष कार्यक्रम र खेलको समेत आयोजना गरिएको थियो।

कार्यक्रमको शुरुवात रबिन पञ्चकोटिले सिंगिङ वाउल मेडिटेसन बाट सुरु भएको थियो । नेपाली स्कटिस सोसाइटीले पहिलोपटक आयोजना गरेको उक्त कार्यकममा सरोजा अर्यालले कार्यक्रम संचालन र कृष्ण दाहालले संयोजन गरेका थिए । कार्यक्रममा नृत्यको जिम्मेवारी समिका सुनुवार र बालबालिकाहरूको पुरस्कार प्रयोजन तथा व्यवस्थापनको जिम्मेवारी उज्वल कार्कीले लिएका थिए । खाना र ब्यबस्थापन को जिम्मेवारी सेकुवा टेक अवेका संचालक नयन पञ्चकोटीले गरेका थिए ।

कार्यक्रममा नवकृष पञ्चकोटी, योगेश पराजुली ,कोकिला दाहाल र बालबालिका हरुको उत्कृष्ट प्रस्तुती का साथै गीत ,नृत्य र बाँसुरी बाध बादनले दर्शकहरुलाई मनोरञ्जन दिएको थियो।

कार्यक्रममा स्कटल्याण्डका विभिन्न पेशाकर्मी, व्यापारी,समाजसेवी हरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा २०० भन्दा बढी व्यक्तिहरूको उल्लेखय उपस्थिति थियो। कार्यक्रम पूर्ण रूपमा सफल भएको र यस्तै किसिमको मनोरन्जनात्मक, सामाजिक कार्यक्रम र सामाजिक अभियानहरुलाई निरन्तरता दिने अभिप्रायले नविन पञ्चकोटीको संयोजकत्वमा नेपाली स्कटिस सोसाइटीको गठन भई ५ सदस्यीय प्रारम्भिक समितिको चयन गरेको छ ।

समितिमा नविन पञ्चकोटी, कृष्ण दाहाल,सरोजा अर्याल , उज्वल कार्की, सामिका सुनुवार रहनु भएको छ। उक्त समितिले कार्यसमितिको विस्तार गरी कार्यविभाजन गर्ने जानकारी संयोजक नविन पञ्चकोटीले बताए । नव गठित समितिले संस्थालाई संस्थागत गर्दै चारिटी दर्ता गर्ने लगायत स्थानीय काउन्सिल सँग सामाजिक विकासमा सहकार्य गर्ने, बालबालिकाहरूको अतिरिक्त क्रियाकलाप, नेपाली भाषा सँस्कृति को विकास गरी नेपाल र नेपाली समुदायको सर्वोपरी हितमा कार्य गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा उपस्थित समाजसेवीहरू प्रोफेसर केशव दाहाल, डा.केशव भट्टराई, डा.वरुण लाल कर्ण लगायतले शुभकामना सन्देश दिएका थिए । समाज सेवी डा. राम अधिकारी ले नेपाली संस्कृति झल्किने कार्यक्रमहरूले विदेशी भूमिमा पनि नेपालीको पहिचान बनाउन सफल भएको विषयमा चर्चा गरेका थिए ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु