काठमाडौंमा मेघ गर्जनसहित असिनापानी

काठमाडौंमा मेघ गर्जनसहित असिनापानी

काठमाडौं– काठमाडौंमा आज अपरान्ह मेघगर्जनसहित असिनापानी परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा मौसम सफा नै रहने पूर्वानुमान गरेको थियो ।

महाशाखाले आज राति देशको पूर्वी र मध्य पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानूमान गरेको छ । त्यस्तै देशको पूर्वी र मध्य पहाडी भू–भागका केही स्थान र पश्चिमि पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु