पत्रकार अर्जुन गिरी पक्राउको विषयमा महासंघले जनायो आपत्ति

पत्रकार अर्जुन गिरी पक्राउको विषयमा महासंघले जनायो आपत्ति

कास्की– ठगीको समाचार लेखेको भन्दै प्रहरीले पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई साइबर अपराधमा पक्राउ गरी काठमाडौं पठाएको हो ।

साइबर अपराध मुद्दामा उजुरी परेपछि केन्द्रीय अनुसन्धान व्युरोको आग्रहमा पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पराजुलीले विपेन्द्रले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरेका थिए ।

पत्रिका दर्ता नगरी समाचार लेखेको आरोपमा सम्पादक पक्राउ

तान्डव न्युज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए । गिरी पोखरामा क्राइम बिटमा कार्यरत पत्रकार हुन् ।

समाचार लेखेकै भरमा अपराध मुद्दा लगाएर पत्रकार पक्राउ परेपछि नेपाल पत्रकार महासंघ कास्कीले सोमबार नै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । यता नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गरी गिरीको पक्राउले पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको बताएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु