राजनीति गर्ने हो भने जनताको बीचबाट खारिएर आउनुहोस् ,भनसुन चल्दैन  : मन्त्री ढुंगेल

राजनीति गर्ने हो भने जनताको बीचबाट खारिएर आउनुहोस् ,भनसुन चल्दैन  : मन्त्री ढुंगेल

रामेछाप – प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले खर्च गर्न नजानेर देशको विकास नभएको बताएका छन् ।

खाँडादेवी गाउँपालिकाले आयोजना गरेको २ वर्षे आवधिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले भने, ‘हामीसँग पैसाको खाँचो छैन । तर, खर्च गर्ने तौर–तरिका मिलेन ।’ विगतमा सरकारले खर्च गर्न नजाने पनि अब योजनाबद्ध रुपमा खर्च गरेर विकास गर्ने उनले दाबी गरे ।

फरक प्रसंगमा उनले अब जनताको मन नजिती भनसुनको भरमा नेता बन्ने दिन गएको बताए । ‘जो जनताको माझबाट खारिएर आउन सक्दैन, ऊ राजनीतिमा टिक्न सक्दैन’, मन्त्री ढुंगेलले भने, ‘राजनीति गर्ने हो भने जनताको बीचबाट खारिएर आउनुहोस् । अब राजनीतिमा भनसुन चल्दैन ।’

प्रदेश ३ का सांसद् शान्तिप्रसाद पौडेलले विकासका लागि स्थानीय सरकारको पहलकदमी महत्त्वपूर्ण हुने बताए ।

कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरुले विकास, निर्माणलगायत विषयमा धारणा राखेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु