‘दयारानी’ को ‘चिरी च्याट्टै’! (भिडियो)

‘दयारानी’ को ‘चिरी च्याट्टै’! (भिडियो)

काठमाडौं – जेठ १० गतेबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘दयारानी’ को पहिलो गीत सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्मको ‘चिरी च्याट्टै’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र गायिका मेलिना र राजनराजकै स्वर छ ।

विक्रम स्वाँरको कोरियोग्राफी रहेको लोकलयमा आधारित गीतमा दया र दीया प्रस्तुत छन् । दया र दीयाको केमेस्ट्री पनि मज्जाले जमेको छ । फिल्मलाई कलाकार तथा निर्माता माओत्से गुरुङले पहिलो पटक निर्देशन गरेका हुन् । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक स्वयम्ले लेखेका छन् ।

फिल्ममा दया र दीयासंगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेल गायतको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको ‘दयारानी’ मा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु