‘पोई प¥यो काले’मा पुजाको पारिश्रमिक २० लाख,आकाश र पूजा तेश्रो पटकसंगै

‘पोई प¥यो काले’मा पुजाको पारिश्रमिक २० लाख,आकाश र पूजा तेश्रो पटकसंगै

काठमाडौं – नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा फिल्म ‘पोई पर्यो काले’ मा अनुबन्धित भएका छन् । निर्देशक शिशीर राणाको कथा तथा निर्देशन रहने फिल्ममा आकाश र पूजा फाइनल भएका हुन् । जेठबाट ‘पोई पर्यो काले’ को छायांकन सुरु हुनेछ । फिल्ममा रुप भन्दा पनि मन राम्रो हुनुपर्छ भन्ने कथालाई प्रस्तुत गर्न लागेको निर्देशक राणाले बताए ।

उक्त फिल्मका लागि नायिका पूजा शर्माले महंगो पारिश्रमिक लिएकी छिन् । नायिका पूजा २० लाख र नायक आकाशले १८ लाख पारिश्रमिक लिएका छन् । योसँगै पूजा नेपाली फिल्मको सबैभन्दा महंगी नायिका बनेकी छिन् । यसअघि उनले फिल्म ‘सम्हालिन्छ कहिले मन’ का लागि १५ लाख पारिश्रमिक लिएकी थिइन् । पूजा आकाश यो संगै तेश्रो पटक एकसाथ काम गर्न लागेका हुन् ।

फिल्ममा अर्का एक नायक र नायिका पनि हुने बताइएको छ । फिल्म कात्तिकको ८ गते लक्ष्मीपूजा अलनेपाल एकसाथ रिलिज गरिने तयारी छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेको फिल्म निर्माता दिपक मनाङ्गे हुन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु