तेमाल जात्राको तयारी अन्तीम चरणमा

तेमाल जात्राको तयारी अन्तीम चरणमा

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष बौद्धनाथमा मनाउँदै आएको तेमाल जात्राको तयारी पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिएका छन् ।

गत शुक्रबार पत्रकार सम्मेलन गर्दै जात्राको तयारी पूरा भएको लामाले जानकारी दिएको हुन।

बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा र बौद्ध तेमाल जात्रा मुल व्यवस्थापन समितिको संयोजनमा हुने बौद्ध तेमाल जात्राको सम्पुर्ण व्यवस्थापनको तयारी पूरा भएको जानकारी गराउदै समितिका अध्यक्ष लामाले बैशाख ५ गते बौद्ध तेमाल जात्रामा लाखौ तामाङ समुदायको उपस्थिति हुने बताए ।, उनले बौद्ध तेमाल जात्रा र तेमाल जात्राले तामाङ जातिको साँस्कृतिक, धार्मिक र जातिय पहिचानलाई समेत जीवित राखेको धारणा व्यक्त गरे ।

समितिका कार्यकारी निर्देशक वसन्तकुमार लो तामाङले बौद्ध तेमाल जात्रा चैत्र पुर्णिमाको दिन हुने यस महान जात्रामा चैत्र पुर्णिमाको दिन बौद्ध, बालाजु धारामा स्नान गर्दै, स्वयम्भू महाचैत्यमा पुजापाठ गरि विधिवत रुपमा तेमाल जात्रालाई विसर्जन गर्ने परम्परा रहेको जनाए ।

विसं १८१९ असोज २ गते काभ्रे तेमालका अन्तिम तामाङ राजा रिन्जीन दोर्जे बल (दोङ)ले तेमाल जात्रालाई राजकीय जात्राको रुपमा मनाइदै आएको छ । विशेष त महास्तुप बौद्धनाथको जिर्णोद्वारमा पुजापाठ सम्पन्न गरेको अवसरमा र तामाङ जातिको दिबङगत पितृहरु, समस्त प्राणी जगतले शुखवती लोकमा जन्म लिओस भन्ने उद्देश्यले काभ्रे तेमालमा तेमाल जात्रा र बौद्धमा बौद्ध तेमाल जात्रा प्रत्येक वर्ष चैत्र पुर्णिमाको दिन मनाउने परम्परा रहँदै आएको छ । समितिले यस परम्परालाई जिबन्त राख्न विशेष महत्व दिंदै आएको छ ।

सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा सूचीमा बौद्धनाथ स्तूप लाई सुचिकृत गरेपछी बौद्ध तेमाल जात्राको महत्व बढेको बौद्धनाथ क्षेत्र विकास समितिका पुर्व अध्यक्ष सम्पुर्णकुमार लामाले बताए । भक्तजनहरुले पनि पवित्र स्थल बौद्धनाथ, बालाजु, नागार्जुनको जामचो डाडा, स्वयम्भुमा दर्शन र पुजापाठ गर्दा आफ्नो मन्दीर, परिसर आसपासमा फोहोर हुन नदिई सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिए ।

बौद्ध महास्तुप धार्मिक, साँस्कृतिक एव्म ऐतिहासिक महत्व, विशेषता बोकेको स्तुपमा प्राचीन समयदेखी बौद्ध तेमाल जात्रामा तामाङ समुदायले आफ्ना दिबङगत पितृहरुको आत्माहरुले चिर शान्ती मिलोस भनेर चैत्र पुर्णिमाको दिन बौद्धनाथ स्तुपामा दीप प्रज्वलन र लामा गुरुहरुबाट पुजापाठ गर्ने गरेको बौद्धका स्थानिय समाजसेवी सुर्यवज्र लामाले बताए ।

एक किम्बदन्तीअनुसार विपस्वी बुद्धले काठमाडौ उपत्यकामा नागार्जुन डाँडामा साधना गरि आफ्नो ऋषि शक्तिले चैत्र पुर्णिमाको दिन काठमाडौ उपत्यकाको दहमा कमलको बिज रोपी कमलको फुलमा स्वयम्भुको अलौकिक ज्योती उत्पन्न भएको स्मरणमा पनि तेमाल जात्रा प्रारम्भ भएको मत पनि पाईन्छ । विशेष त बौद्ध तेमाल जात्रा बौद्ध महास्तुपको जिर्णोद्वार गरि पुजापाठ र दिबङ्गत पितृहरुको आत्माको चिर शान्तिको लागि सम्झना स्वरुप काभ्रेमा तेमाल जात्रा र बौद्धमा बौद्ध तेमाल जात्रा परापुर्व कालदेखी प्रत्येक वर्ष चैत्र पुर्णिमाका दिन धुमधामकासाथ काभ्रे, काठमाडौ, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, रामेछाप, दोलखा, भक्तपुर, नुवाकोट, मकवानपुर लगायतका तामाङहरु तेमाल जात्रामा सहभागी भएर मनाउने गरेका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु