धेरै दिन पछि…

धेरै दिन पछि…

अनमोल यो जिन्दगीलाई अस्थिर बनायौ
बेमतलब चिन्तित हुने कस्तो स्थिर बनायौ।

तिम्रो सुन्दर जिवनको अधिवेशन हुँदै होला
एकै क्षणको बदनियतले जीवन स्थिर बनायौ।

लाग्छ मलाई जिन्दगीले अवकाश पायो होला
यता मलाई गैर हाजिर पराक्रमको स्थिर बनायौ।

फुर्सद थिएन कत्ति पनि सधैं तिम्रो चिन्तित थिएँ
बेहिसाव लेनदेनले अस्वभाविक स्थिर बनायौ।

  • टि एन धमला

वडा समाचारहरु

सम्बन्धित समाचारहरु