हावाहुरी पीडितलाई कागेश्वरी मनोहरा नगरपालिकाले १० लाख सहयोग गर्ने

हावाहुरी पीडितलाई कागेश्वरी मनोहरा नगरपालिकाले १० लाख सहयोग गर्ने

काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले वारा र पर्साका हावाहुरीबाट प्रभावितलाई १० लाख सहयोग गर्ने भएको छ ।

नगरपालिकाले केन्द्र सरकारको आव्हानमा प्रदेश नं ३ को मुख्यमन्त्री राहतकोषमा राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको नगर प्रवक्ता एवं कागेश्वरी मनोहरा नगरपालिका ५ का वडाअध्यक्ष राजाराम पुडासैनीले गोकर्णन्युजलाई जानकारी दिएका छन् ।

नगरपालिकाका प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा २० चैतमा बसेको नगर कार्यपालिकाको बैठकले उक्त विपत्तिमा ज्यान गुमाउनेहरुको सम्झनामा शोक प्रस्ताव गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको पुडासैनीले जानकारी दिए ।

हेर्नुहोस बिज्ञप्तिः

वडा समाचारहरु

सम्बन्धित समाचारहरु