१३० औं अन्तर्राष्ट्रिय मई दिवस संयुक्तरुपमा मनाईने

१३० औं अन्तर्राष्ट्रिय मई दिवस संयुक्तरुपमा मनाईने

काठमाडौं– अखिल नेपाल ट्रेड युनियन महासंघको बैठक सम्पन्न भएको छ । उक्त बैठक इन्चार्ज जयपुरी घर्तिको उपस्थितिमा पदाधिकारीहरुको बैठक अध्यक्ष गणेश रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष रेग्मीले सामाजिक सुरक्षा ऐन र श्रम ऐनको कार्यान्वयन बिना श्रम क्षेत्रको समश्या हल हुने अवस्था नदेखिएकोले संयुक्त टे्रड युनियन समन्वय केन्द्रको संयुक्त आयोजनामा यस बर्षको १३० औं मई दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) भव्यतापूर्वक मनाउने बताएका छन् । उनले सम्पूर्ण तयारीमा ध्यान दिने योजना प्रस्तुत गरेपछि सोही विषयमाथि बैठकमा उपाध्यक्षहरु जय कार्की, धनबहादुर बि.क, अर्जुन छन्त्याल, एसबी थापा, महासचिव जगतबहादुर सिम्खडा, उपमहासचिवहरु सालिकराम काफले, राजुकुमार लामा, प्रकाश श्रेष्ठ, महिला कमिटी प्रमुख तथा उपमहासचिव बिष्णु थापा, कोषाध्यक्ष घनश्याम ठकुरी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको मन्तब्यको निष्कर्ष राजधानीमा संयुक्त कार्यक्रमको आयोजना गर्नु सही भएतापनि अरु प्रदेश तथा क्षेत्रहरुमा अवस्था र आवश्यक्ता हेरी कस्तो गर्न सकिन्छ सो पक्षलाई ध्यान दिनुपर्छ भन्ने रहेको छ साथै संयुक्त कार्यक्रमलाई नै सहयोग पुग्ने गरी महासंघले आफना एकल कार्यक्रम र योजनाहरुलाई अघि बढाउनुु पर्छ भन्ने पनि धारणा रहेको पाइएको छ । यसैगरी श्रम ऐन र सामाजिक सुरक्षा कार्यान्वयनका लागि नेपाल सरकार र सबै राजनैतिक दलहरु र व्यवसायिक संगठनहरुलाई समेत ल्याई एउटै मन्चबाट प्रतिवद्धता ब्यक्त गर्न लगाउने र उनीहरुको भूमिका नबिर्सुन भनि आग्रह गर्ने संयुक्त कार्यक्रम आयोजकहरुको उदेश्य रहेको प्रष्ट देखिन्छ ।

अनौपचारिक छलफलका क्रममा संसारका मजदुर एक हौं भन्ने मुल नारालाई साकार पार्ने बेला आएको छ सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनको लागि प्रभावकारी भूमिका खेल्नको लागि जेटियुसीसिले चालेको महत्वपूर्ण कदम भएको जेटियुसीसि तथा जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले बताए ।

यसपटकको मई दिवसको सेरोफेरोको कार्यक्रमलाई श्रम ऐनको हुबहु कार्यान्वयन, सामाजिक सुरक्षा ऐनको कडाईका साथ कार्यान्वयन त्यसका लागि कम्पनी तथा प्रतिष्ठानको सुचिकरण र सबै खाले श्रमिकहरुको सामाजिक सुरक्षा ऐन र कार्यविधि अनुरुपको सुचिकरणलाई मूलभुत विषय बनाईने भएको अन्टुफ महासचिव जगत सिम्खडाले बताए ।

बैठकले संगठनको केही आर्थिक, संगठनात्क,पुस्तक प्रकाशन तथा आन्तरिक योजनाहरु पनि पारित गरेको छ भने राजधानीमा जेटियुसिसीको आयोजनामा संयुक्त कार्यक्रमको आयोजना गरिने भएपनि प्रदेशहरुमा संयुक्त तथा एकल अवस्था हेरि मई दिवसको कार्यक्रम गर्नसक्ने पनि अध्यक्ष रेग्मीले बताएका छन ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु