साइन्स पढाइ र आर्मी लेफ्टिनेन्टको हुटहुटी

साइन्स पढाइ र आर्मी लेफ्टिनेन्टको हुटहुटी

सबैका सोच एकै हुँदैनन् । व्यक्तिविशेषका स्वभाव र व्यवहार हुन्छन् । कोहीको स्वभाव सालिन त कोही चंञ्चल । स्वभावैले कोही व्यक्तिविशेषलाई व्यवहार र सोच राख्नु उत्तम हुँदैन । कोही कुनै पद र स्थानमा पुग्दा मानवीय स्वभावले नै म त्यो स्थानमा पुग्न पाए हुन्थ्यो भन्ने लालसा आउनु स्वभाविकै हो । तर, व्यक्तिको संघर्ष र व्यथालाई त्यति नजरअन्दाज गरिँदैन । मात्र पद र प्रतिष्ठामा माक्र ध्यान जान्छ । तर, कुनै व्यत्ति हुँदैन जो संघर्ष नगरेको होस् । त्यस्तै सालिन र इमानदार व्यक्तित्वका रूपमा सफल बनेका छन् कुमार घिमिरे(महासचिव प्याब्सन)

उनी बाल्यकालदेखि नै साइन्स पढेर आर्मीको लेफ्टिनेन्ट बन्ने सपना बुन्थे । तर, समय मोडियो परिस्थिति बदलियो । साइन्स र आर्मीको हुटहुटी तिलाञ्जली दिँदै शिक्षाको ज्योति दिने पेसा शिक्षक भए । तिनै व्यक्ति आज निजी विद्यालयको छाता संगठन प्याब्सनको महासचिवको कार्य सम्हालिरहेका छन् ।

संखुवासभाको खाँदबारी नगरपालिका ६, तल्लोपाटा (साबिक मालडाँडा ९) मा खड्गबहादुर र प्रेमकुमारीको पुत्रका रूपमा उनी २०२९ असार ९ गते जन्मिएका हुन् । उनी पढाइमा अब्बल थिए । उनको घरमा पढाइलाई विशेष जोड दिने र पढ्नुपर्छ भन्ने वातावरण उनका हजुरबुबा मानबहादुर (जन्तरे मुखिया) कै प्रेरणा थियो । हजुरबुबाकै सक्रियताका गाउँमा अनौपचारिक शिक्षाको थालनी भएको थियो । उनकै सक्रियतामा विद्योद्धय स्कुलको स्थापना भयो । गाउँमा पढाउन उनका हजुरबुबाले भारत बनारस पढ्न गएकालाई ल्याएर शिक्षाको थालनी गराउन प्रमुख भुमिका खेले । पछि विस्तारै संस्कृत माविका रूपमा परिणत भयो । घिमिरेले कक्षा ७ सम्मको अध्ययन त्यहीबाटै सके । उनलाई संस्कृत पढ्ने मनै थिएन । उनमा काका घरमा अलि पढेका र सरकारी जागिर भएकाले पनि यही कुरा काकासँग राखे । काका र बुबाको सल्लाहमा उनी झापा चन्द्रगढी वीरेन्द्र माविमा भर्ना भए । त्यहाँ बस्दा एक्लोपना र पारिवारिक मायाले सताउन लाग्यो । त्यो स्कुल पनि छाडेर राजगढको पशुपति माविमा बुबाकै साथमा बसेर कक्षा १० सम्म को अध्यन पूरा गरी २०४४ मा एसएलसी सके । एसएलसीको रिजल्ट आउने समयमा केही समय पुरानै विद्यालयमा पढाए । उनलाई शिक्षक बन्नुभन्दा पनि पढाउन मात्रै मन लाग्थ्यो । पछि एलएलसीपछि परिवारले धरानमा पढाउने विचार गर्‍यो भने आफू स्वयं काठमाडौं तयारीमा लागे ।

काठमाडौं पढने उनको मनलाई काकाले साथ दिए । उनलाई काठमाडौं आउनुपूर्व साइन्स पढ्ने र सेनाको लेफ्टिनेन्ट बन्ने इच्छा थियो । उनी काठमाडौं आइपुग्दा प्रवेश परीक्षा सकिइसकेको थियो । उनी साइन्स संकायमा भर्ना हुन पाएनन् । काकाहरूकै सल्लाहमा प्रमाणपत्र तह (आईकम) सरस्वती क्याम्पस ठमेलमा भर्ना भए । तत्कालीन समयमा झापाबाट आएका विद्यार्थीलाई फरक दृष्टिकोण रहेको उनले पाए । उनले झापा हुँदै कम्युनिस्ट विचारधारामा सहभागी बने । कलेजमा प्रारम्भिक कमिटीको सचिव हुँदै काम गरे । २०४६ तिर भाइबहिनीको काठमाडौं आएपछि गाउँको पैसाले पुग्न छाड्यो ।

लेफ्टिनेन्ट भिड्ने रहरले छाडेको थिएन । ३ पटकसम्म लेफ्टिनेन्टमा भिडे । जागिर र पढाइ दुवै धान्न सकेनन्, नाम निस्किएन । पुनः जागिर खोज्दा उनलाई अंग्रेजी भाषाले धोका दियो  

अनि कुरियर सर्भिसको जागिर खाए । त्यसै क्रममा नारायणी, हेटौंडा पुगे । उनको लेफ्टिनेन्ट भिड्ने रहरले छाडेको थिएन । ३ पटकसम्म लेफ्टिनेन्टमा भिडे । जागिर र पढाइ दुवै धान्न सकेनन्, नाम निस्किएन । पुनः जागिर खोज्दा उनलाई अंग्रेजी भाषाले धोका दियो । उनलाई लाग्यो अंग्रेजी सिक्न आवश्यक छ । यतिकैमा उनलाई एउटा निजी विद्यालयमा पढाउने प्रस्ताव आयो । उनलाई अंग्रेजीको व्याकरण भने राम्रै आउँथ्यो । त्यसले उनलाई ठूलो सहयोग गर्‍यो । उनी पढाउने काममा लागे आरुबारीको बाल सिर्जना माविमा । करिब १२ सय रुपैयाँ पारिश्रमिकबाट सुरु गरेका उनले २ वर्षमा स्कुलको भाइस–प्रिन्सिपल भए । त्यसैक्रममा केही साथीको समूह मिलेर ट्युसन पढाउने काम थाले । अंग्रेजी सिक्न हिँडेको मान्छे अब व्यवस्थापन, अंग्रेजी, गणित सबै पढाउन लागे । यतिसम्म हुन थाल्यो कि बिहान ५ देखि बेलुका १० बजेसम्म पढाउन थाले ।

२०५१ तिर जोरपाटीमा आफ्नै अरूण ज्योति बोर्डिङ स्कुल स्थापना गरे । तात्कालीन समयमा त्यस ठाउँका विद्यालयका प्रिन्सिपलहरूको बोलचालै बन्द भएको, एकता–मित्रता नभएको देख्दा उनलाई नमज्जा लाग्यो । अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्य एकता र संमन्वयमा गर्ने काममा उनी जुटे । उनीहरूले त्यो क्षेत्र लक्षित गरी जोरपाटी फोरममार्फत त्यस्ता समस्या समाधानमा लागे ।
अरूण ज्योतिलाई केहीको जिम्मा लगाएर ०६७ मा सांग्रिला प्वलिक स्कुलमा लागे । पछि कलेज खोल्ने उद्देश्यअनुरूप केही साथीको सहयोग र तत्कालीन अवस्थामा जगन्नाथ देवकोटाको छोरीको स्मृतिमा कलेज खोल्ने सहमति भएपछि जया मल्टिपल क्याम्पसको उदय भयो । अहिले यहाँ स्नातकोत्तरसम्मको पढाइ हुँदै आएको छ । उनीहरू सरकारले कृषि पाठ्यक्रमलाई मान्यता दिए त्यो पनि राख्ने सोचका साथ अघि बढिरहेका छन् ।

प्याब्सनमा आबद्ध हुनुपूर्व घिमिरे जोरपाटी फोरमकै नेतृत्वमा थिए । २०५८ मा प्याब्सन जिल्ला अविधेशनमा सदस्य भए । काम गर्दै जाँदा प्याब्सन संगठन विभागको नेतृत्व लिए । उनकै नेतृत्वमा १५० सदस्यलाई ३ सय पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले ।
०६२/६३ मा जिल्ला सचिवमा निर्विरोध चयन भए । ११औं महाधिवेशनमा प्याब्सन केन्द्रीय सचिवमा निर्वाचित भए । १२औं महाधिवेशनको कार्यकालमा छाडे भने १३औ. मा पुन उपमहासचिवमा निर्वाचित र १४औं मा सर्वसम्मत महासचिवको नेतृत्व लिए । अहिले प्याब्सनमा आबद्ध करिव ६५ सय सदस्यको प्रतिनिधित्व गर्दै महासचिव पदमा आसिन छन् । आजका दिनसम्म आइपुदा उनले धेरै विद्यार्थी, आफ्ना छिमेकी नातागोता, आर्थिक अवस्था कमजोर भएका धेरैलाई आर्थिक सहयोग गर्दै पढाउने काम पनि जारी राखे । सँगै संस्कार पनि त्यसको फलस्वरूप कोही डाक्टर, इन्जिनियर पेसामा आबद्ध भएका छन् । उनलाई लाग्छ संस्कारबिनाको शिक्षा काम लाग्दैन ।

  निजीलाई अंकुश लगाएर होइन सामुदायिकलाई अपडेट गराउन सके शिक्षामा फड्को मार्न सकिन्छ

उनी भन्छन्– प्याब्सनको उत्थान र व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी नेतृत्वलाई आएको छ त्यसमा गृहकार्य भइरहेको छ । सरकारको नीतिमा उनको केही बुझाइ छैन । जसरी निजी पढेका विद्यार्थीलाई छात्रवृत्तिमा रोक तथा वञ्चित गर्नु न्योचित नभएको उनी बताउछन । सँगै निजीमा पढाएबापत अतिरिक्त भ्याट बुझाउनुपर्नेलगायत नीति अव्यवहारिक र अपरिपक्क हुने उनको तर्क छ । निजीले बढी शुल्क लिन्छन् भन्ने कुरामा उनी सहमत छैनन् । कसैले शुल्क बढी लिएको भन्ने कुरामा बजारीकरण भएको हो, अपवाह हो, त्यसमा सत्यता छैन । यदि कोही कसैले शुल्क बढी लिएको र गलत नियत राखे प्याब्सनले बचाउन नसक्ने उनी बताउँछन् । यस्तालाई कारबाही गर्ने पनि उनको दाबी छ । करिब ६० हजार विद्यार्थी कक्षा १० सम्म भारतमा पढ्दै गएकोमा कम से कम आफूहरूले विदेश जानबाट रोक्ने र त्यहाँको जस्तो शिक्षा दिन सफल भएको उनी बताउँछन् । ‘त्यसैले हाम्रो कुरा राज्यले बुझ्नुपर्छ,’ उनले भने ।

घिमिरे निजी विद्यालयलाई मात्र जोड दिँदैनन् । सामुदायिक विद्यालय लक्षित गरी सरकारले नीति कार्यान्वयन गर्न नीति बनाउनुपर्ने आवश्यक भएको उनको भनाइ छ । उनी भन्छन्– निजीलाई अंकुश लगाएर होइन सामुदायिकलाई अपडेट गराउन सके शिक्षामा फड्को मार्न सकिन्छ । तर, सरकार राम्रो नीति र सिस्टममा आए प्याब्सनले पूर्ण रूपमा सहयोग गर्छ । तर, निजीलाई दुःख दिने नियतमा आए त्यसको प्रतिवाद गर्न प्याब्सन पछि नहट्ने उनले सुनाए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु