तामाङ अन्तराष्ट्रिय फिल्म फेस्टिभल बैशाख २६ र २७ गते राजधानीमा हुने

तामाङ अन्तराष्ट्रिय फिल्म फेस्टिभल बैशाख २६ र २७ गते राजधानीमा हुने

काठमाडौं –  तामाङ समुदायको मौलिक संस्कृति, विषयबस्तु र ज्ञान परम्परा प्रवर्द्धनको उद्देश्य सहित तामाङ अन्तराष्ट्रिय फिल्म महोत्सव हुने भएको छ ।

तामाङ आवाज, सेलो फाउण्डेसन र एससीआरसीले गर्न लागेको महोत्सव आउदो बैशाख २६ र २७ गते राजधानीमा हुने पत्रकार सम्मेलनमा बताइएको छ ।

संसारभरका जुनसुकै मुलुकमा बसोबास गर्ने तामाङ र गैरतामाङले आफ्नो फिल्मी सिर्जना महोत्सवमा पठाउन सक्ने महोत्सव अध्यक्ष विगेन्द्र तामाङले जनाए ।
गैरतामाङ एवं विदेशी चलचित्रकर्मीको हकमा तामाङ समुदायको विषयवस्तुमा आधारित फिल्म हुनुपर्ने उनले वनाए ।

रिलिज नभइसकेको फिचर लेन्थ, सर्ट फिल्म, डकुमेन्ट्रीसँगै म्युजिक भिडियो समेत महोत्सवमा प्रतिस्पर्धा गर्न पाउने महोत्सव बताइएको छ । ‘मुलुकको सांस्कृतिक पर्यटन प्रवर्द्धनको उद्देश्यले पनि महोत्सव गर्न लागेका हौं’ अध्यक्ष वाइबाले भने ।

महोत्सवमा भारत, अमेरिका, क्यानडा, जापान लगायतको मुलुकबाट पनि सहभागिता रहने महोत्सव निर्देशक जगत तामाङले जनाए ।

खाना महोत्सव, पुस्तक तथा तामाङ पोशाक प्रदर्शनी पनि समेत हुने महोत्सवमा छानिएका फिल्महरुले ग्राण्ड जुरी, बेष्ट डकुमेन्ट्री, बेष्ट सर्ट फिल्म, अडियन्स च्वाइस र इन्करेज्मेन्ट अवार्डका लागि प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु