सुन्दरीजल-बागद्वार पर्यटन महोत्सव बैशाख १ मा

सुन्दरीजल-बागद्वार पर्यटन महोत्सव बैशाख १ मा

काठमाडौँ -सुन्दरीजल बागद्धार पर्यटन महोत्सव बैशाख १ का हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिका सुन्दरीजल -१ओख्रेनी(खत्रिबारी) मा आउदै गरेको नेपालीको नयाँबर्ष २०७६ को अवसर पारी सुन्दरीजल बागद्वार पर्यटन महोत्सव हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिका तथा सुन्दरीजल बागद्वार पर्यटन महोत्सव मूल समारोह समितिको आयोजनामा एक दिने महोत्सव हुन लागेको मुल आयोजक समिति संयोजक कान्छाराम तामाङले जानकारी दिएका छन् ।

बागमती नदीको उदगम स्थल बागद्धारको चिनारी साथै आन्तरिक तथा वाह्य पर्यटनको आगमन बढाउनको लागी महोत्सव आयोजना गर्न लागिएको संयोजक तामाङले बताए । उनले काठमाडौंको छेउमै रहेर पनि पर्यटन सम्भावना भएको यस क्षेत्र पछि परेको भन्दै प्रचार प्रसार गराउनु साथै ठाँउको चिनारी गर्न समेत महोत्च्सव गर्न लागिएको बताए ।

“धार्मिक तथा ऎतिहासिक बागद्वारको पहिचान कला, सस्कृति ,सम्बर्द्वन र समुन्नत सुन्दरीजल-बागद्वार हाम्रो अभियान” भन्ने मूल नाराका साथ महोत्सव हुन गईरहेको छ ।

प्रचानी कालदेखीनै नेपाली नयाँ वर्ष बैशाख १ गते शिवपुरीमा “बागद्वार” मेला लाग्ने गर्दछ । मेलामा विभिन्न जिल्लाका भक्तजनको भिड लाग्नुका साथै शिवपुरीमा ठुलाठुला रुखमुनि बसेर ऋषिहरुले तपस्या समेत गर्ने गर्दछन । प्राकृतिक हिसाबले अत्यतै रमणिय रहेको यस ठाउँमा महोत्सव अझ प्रभावकारी हुने ठानेरै कार्यक्रम गर्न लागिएको उनको भनाई थियो । महोत्सवलाई गोकर्णेश्वर नगरपालिकाले ७ लाख आर्थिक सहयोग गरेको छ ।

महोत्सवको प्रमुख अतिथिमा पुर्व खेलकुद मन्त्री एव्म काठमाडौं क्षेत्र नम्बर १० सांसद राजेन्द्र कुमार केसी रहने छन भने बिशिष्ट अतिथिमा काठमाडौं क्षेत्र नम्बर ३ सांसद कृष्ण राई,पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य अम्वीका बस्नेत,प्रदेश सभा सदस्य रामेश्वर फुयाल ,छिरिङदोर्जे लामा,गोनपा प्रमुख सन्तोस चालिसे लगाएत अतिथिहरुको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा नेपाली राष्ट्रिय कलाकारहरु सेलो गायक प्रेम लोप्चन, प्रयास दोङ , सानुबाबु घिसिङ गायिका इन्दिरा गोले,जितु लोप्चन तथा हास्यकलाकारमा गणेश राई, सोमराज रावल र जीवन तामाङको साथमा स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवलाई सभ्य एव्म भब्य बनाउन सम्पूर्णलाई उपस्थितीको लागी आयोजकले निमन्त्रणा गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु