कथा साढे सात ! (भाग १)

कथा साढे सात ! (भाग १)

“हेल्लो ..ओ मेडम ..फुर्सदमा हो ?”फोनबाट निरजले सोध्यो।

फोन रिसिभ गर्दै सर्मिला निरजको प्रतिउत्तरमा भन्छिन्
”अँ आऊ छिटो !! छोरो भर्खरै स्कुल गयो !”

टिसर्ट र कट्टुमै हतारमा बाईक कुदाउदै एक श्वासमा सर्मिलाको घरमा पुग्यो निरज। अनि दिनभर दुवै एक अर्काको शरिरसंग नअघाउन्जेल खेलिरहे।
अब शरिरले पनि गति छाड्यो भन्ने दुबैलाई लागेपछि पसिना सुकाउदै चिसो भुईमा पल्टिन्थे!
सर्प बटारिए जस्तै बटारिएर लडिबुडी खेल्नु, बर्षाले लुथ्रुक्क भिजाए जस्तै लुथ्रुक्क भिजेर स्वाँ..स्वाँ..लामो लामो साँस फालेर निदाउनु उनिहरुको दिनचर्या नै भैसकेको थियो । त्यसो त उनिहरुको यो शिलशिला चलेको दुई वर्ष बढी भैसकेको थियो।
उनिहरु आफ्नो यौवनलाई धित नमरुन्जेलसम्म धर्तीमा पोखाँउदै खुसीको गुमनाम यात्रामा गन्तव्य विहिन निस्केको थियो।

सुजन नेपाल हुँदा यस्तो थिएन सर्मिलाको दिनचर्या। सुजन धन कमाउन विदेश हुइकिए पछि दिन र रात एकएक गरी परिवर्तन भएको हो। सुजन रोजगारीको सिलसिलामा कतार गएको केहि महिनादेखि नै हो सर्मिलाको यौवन पोखिएको निरज माथी।

सर्मिला कलकलाउदो यौवन स्याहार्दै कति दिन बसोस ! फुल जस्तै धपक्क फुलेकी थिई सर्मिला ! भमराहरु रस चुस्न फूलको वरिपरी ननाच्ने कुरै थिएन। छुदा दाग लाग्ला जस्तै कलकलाउदो वैशले फूलेको थियो उसको यौवन । अझ एक छोरा सन्तानपछी त उ अझ खाँउ खाँउ पिउ पिउ टोकु टोकु लाग्ने मिठो मार्फाको स्याउँ जस्तै राती भएकी थिई । चिमोट्दा रस तरर चुहिने रसिले कालिकोटको सुन्तला जस्तै पहेली भएकी थिई।

मिठो फल फलेकै भएर होला कहिले निरज दिनमा त कहिले रातमा प्रायजसो धाईरहन्थ्यो सर्मिलाको घरमा।
सानो छोरो जोनलाई ‘मामा’ भन्नुपर्छ है भनेर सिकाएकि थिई उसले।
जोन त वालक नै थिए सुगाँ जस्तै पट्टु किस्न काउँ भनेर सुगाँलाई सिकाउदा पट्टु किस्न काउँ भने जस्तै भन्थ्यो

“निरज मामा”

सानो वालक मामा भन्दै निरजको चकलेटको पछि दौडन्थ्यो। निरज पनि सर्मिलाको यौवन छताछुल्ल पारेर हातमुख जोडेरै जाँड पिए जस्तै पिउन दिनहु १/२ ओटा क्याटबरी चकलेट भिरेर आउथ्यो।

निरजले सर्मिलालाई कहिले बाईक पछाडि राखेर टाढाँ घुमाउन लैजान्थ्यो। कहिले सिनेमा हल तिर त कहिले सपिङ तिर लैजान्थ्यो। निरजले सपिङ गर्थ्यो सर्मिलालाई तर बिल भर्ने काम भने संधै सर्मिलाको नै हुन्थ्यो।
सधै सर्मिलाकोमा धाउदा उसलाई काम गर्ने कमाउने कुनै आवश्कता पनि थिएन। निरज भर्खर २० बर्षे यौवन केटो थियो। उसलाई काम गर्नुपर्छ । कमाउनुपर्छ भन्दा धेरै कसरी हुन्छ सर्मिलाको घर पुगौं अनि सर्मिलाको गोलाई, मोटाई र गहिराई नाप नापौ मात्रै मनमा म्याराथुन दौडिरहन्थ्यो। उसले आफ्नो काम पनि त्यही गहिराई र गोलाई मै सिमित पारेको थियो।

ममी राति अबेर घर फर्किदा जोन कहिले खाना खाएर त कहिले भोकै तल भाडाको कोठामा बस्ने बैनीकोमा निदाईरहेको हुन्थ्यो। जोनको खाना प्राय जसो छिमेक बैनिकै घरमा हुन्थ्यो। छिमेकीको घरमा तातो चिसो जे पाक्थ्यो जोनको पेट त्यसैले भर्थ्यो। ममीको खाना नपर्खेको थिएन जोनले। कति पटक उ ममीको खाना पर्खेरै भोकै निदाएको थियो। तर पछि उसलाई छिमेकी आन्टी कै खाना मिठो लाग्ने बानि बसेको थियो।

साँझ निरजले सर्मिलालाई भोलि आफुसँगै काठमाडौं जाऊ र २/४ दिन काठमाडौं घुमेर फर्कने प्रस्ताव राख्यो। सधै निपर्वाह, कुनै रोकतोक,कुनै डरविना मनलाग्दो उडेको आजाद पक्षीं फेरी उडान भर्न पाउदा रोकिने कुरै थिएन।
उसले निरजको प्रस्ताव नसकिदै हवस् को जवाफ फर्काई ।

गतिलो बाहना बनाउँदै सर्मिलाले छोरालाई केहिदिनको लागि भन्दै माईतिमा छाडेर बेलुका घर फर्कि। बेलुका नै लुगा प्याकिङ गर्दै भोलि बिहानै निरजसँग काठमाडौं जाने सुरमा तल्लीन हुन्छे सर्मिला। भोलि कामाडौंमा निरज संग धेरै रमाइलो लुट्ने सपना टोपी बुने जस्तै लाम बुन्दै बस्छे रातभरी। हराउछे तिनै मनमौजी तरिकाले सजाएको आफ्नै संसारमा।
भोलि पल्ट बिहानै यता निरज बसपार्कमा सर्मिलाको वेटिङमा बस्दै थियो। सर्मिला भने बसपार्क पुगेको थिएन्।

यत्तिकैमा सर्मिलाको कल आउँछ निरजलाई

“हेल्लो.. सुन त निरज.. त्यो सुजन खबरै नगरी हिजो काठमाडौं आईपुगेछ। अहिले ८ बजेको फ्लाईटमा चितवन आउँदै छ रे ! भर्खरै फोन गरेको थ्यो उसले”

निरज ठुलै युद्द बाट हारे झैं काता भागौं कता लुकौं कसलाई सहायता मागौं झै भयो। कसैले पहाड ल्याएर राखिदिएको छ उसको टाँउकोमा त्यस्तै गरुगों भएको थियो उसको शरिर। सधै झैं निपर्वाह उडेको स्वतन्त्र पक्षी आज एक्कासी आफ्नो समिप नहुदा । उ आफ्नो पखेटा भाचिएको महसुस गर्दै थियो। सबै पखेटाको भुत्ला एकएक गरी झरे झै लाग्दै थियो उसलाई।
पिडाँ तिव्र गतिको प्लेन जसरी बढ्दै थियो उस्को मनमा। भाग्यो उसको मन कता हो कता डाडाँपारी तिर।

अनि सर्मिलाको कल झ्वाट्टै काटेर निरजले यसो आफ्नो मोबाइलको समयमा नजर घुमायो । मोवाइलमा ७:३० (साढे सात) बजेको रहेछ।
र उ युद्दमा हारेको बाघ झै लुथ्रुक्क पसिनाले भिजेर घर तिर लाग्यो। क्रमस….

लेखक प्रदिप थिङ तामाङ गोकर्ण न्युज पोर्चुगल संवाददाता समेत हुन ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु