विप्लवलाई अर्को ठुलो झठ्का : कोशी ब्यूरो संयोजक पक्राउ परेको १२ घण्टा नबित्दै अर्का नेता पक्राउ

विप्लवलाई अर्को ठुलो झठ्का : कोशी ब्यूरो संयोजक पक्राउ परेको १२ घण्टा नबित्दै अर्का नेता पक्राउ

काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा भेरी–कर्णाली बुद्विजीवी परिषद्का इन्चार्ज धनराज शाही पक्राउ परेका छन् ।

विप्लव नेतृत्वका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेको १२ घण्टा नबित्दै शाहीलाई कालिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माका अनुसार विप्लव समूहका कालिकोटका जनसरकार प्रमुख समेत रहेका शाहीलाई मोल्पा भन्ने ठाउँबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका शाहीलाई जिप्रका लगिएको र अनुसन्धान भइरहेको डीएसपी शर्माले बताए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु