बौद्धनाथ क्षेत्र विकास समितिको नवनियुक्त कार्यसमितिलाई स्वागत तथा सम्मान

बौद्धनाथ क्षेत्र विकास समितिको नवनियुक्त कार्यसमितिलाई स्वागत तथा सम्मान

काठमाडौं  – बौद्धनाथ क्षेत्र विकास समितिको नवनियूक्त कार्यसमितिलाई स्वागत एवं सम्मान गरिएको छ।

श्री बौद्ध तामाङ कल्याण गुठीले आज (सोमवार) एक कार्यक्रम गरी  नवनियूक्त कार्यसमितिलाई स्वागत एवं सम्मान गरेको हो ।

कार्यक्रममा काठमाडौं क्षेत्र न ३ प्रतिनिधि सभा सदस्य कृष्ण राई प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिमा प्रदेश संसद छिरिङ दोर्जे लामा र कामनपा वडा ६ अध्यक्ष दिपेन्द्र लामा रहेका थिए । त्यस्तै अतिथिमा बौद्धनाथ क्षेत्र विकास समिति पूर्व अध्यक्ष सम्पूर्ण लामा, पूर्व राजदुत तथा बौद्ध स्तुपा सामुदायीक अस्पतालका नवनियुक्त अध्यक्ष डा. गणेश योञ्जन र समाजसेवी नेपाल जित लामा लगाएत अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सांसद राईले नवनियुक्त कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा कार्यकालको सफलता र असफल भन्ने कुरा कामबाट देखाउनु पर्ने बताए । उनले हिजो बौद्ध स्तुमा वरपर भएका गतिविधि र तिक्ततालाई बिर्सेर नयाँ आयामबाट सम्पदाको विकासमा लाग्न सबैलाई आग्रह गरे ।

सांसद राईले बौद्धनाथ क्षेत्र विकास समिति अन्य संस्था भन्दा भिन्न भएको भन्दै संस्थाले बौद्ध वरपरका विकास निमार्णका काम एवं सम्पदा संरक्षण गर्ने दाहित्व बोकेकोले त्यसका गम्भीर भएर लाग्नु पर्ने धारण व्यक्त गरे । उनले भने ‘वौद्ध स्तुपालाई संरक्षण एवं सम्वर्धन गर्नु राज्यको दाहित्व हो त्यसमा तपाईहरुको हातमा हात समाएर अगाडी बढ्न म सदवै तयार छु । समितिका साथीहरु समुदायको सुझाव सल्लाह बमोजिम एकाकार भएर अगाडी बढ्नु पर्छ ‘।

सांसद राईले स्तुपा वरपर ढल व्यवस्थापनमा कमजोरी देखिएको भन्दै त्यसलाई तत्काल समाधान गर्नुपर्ने बताए ।  सांस्कृतिक सम्पदा संरक्षण एव्म विकास निमार्णका कार्यलाई कुनै राजनितिक दल तथा आस्थाले नभई समाजको विकासको लागी सबै एकजुट भएर अगाडी बढ्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष सम्पुर्ण लामाले कार्यसमितिलाई अवसर र चुनौती दुवै भएको भन्दै त्यसको परिणाम निकाल्न समितिले आफ्नो भुमिका देखाउन सक्नुपर्ने बताए । उनले विभिन्न समय र परिस्थितिका चुनौतिलाई सहज रुपमा सामना गर्दै कार्यकाललाई सफल बनाई सुनौलो अक्षरमा आफ्नो नाम लेख्ने बाटोमा लाग्न कार्यसमितिलाई शुभकामना दिए ।

त्यस्तै पूर्व राजदुत डा. योञ्जनले वौद्ध स्तुपा क्षेत्रमा भएका नकरात्मक कुरालाई पन्छाउने र सकरात्मक कुराहरुलाई बढावा दिने कार्य नयाँ कार्यसमितिलाई आएको बताए । उनले समिति समुदायसँग मिलेर वौद्ध क्षेत्रको विकासमा समेत लाग्न आग्रह गरे ।

श्री बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामाको सभाध्यमा भएको कार्यक्रममा उपाध्यक्ष माया लामाले स्वागत मन्तव्य राखेका थिए ।

नवनियुक्त कार्य समितिमा चन्द्रमान लामा अध्यक्ष,कार्यकारी सचिव वसन्त लामा,सदस्यहरु मायाडोल्मा लामा,कुमार लामा, मजिन सिंह, मोहन लामा र निमडेन्डीङ शेर्पा रहेका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु