सगरमाथा गल्स फुटसलको उपाधि छहारी ‘बी’लाई

सगरमाथा गल्स फुटसलको उपाधि छहारी ‘बी’लाई

काठमाडौं – सगरमाथा प्रथम गल्स फुटसल टुर्नामेन्टको उपाधि छहारी शिक्षा सदन ‘बी’ ले हात पारेको छ ।

कामनपा ६, सरस्वतीनगरस्थित सगरमाथा एजुकेसन एकेडेमीको आयोजनमा गत शनिवार भएको प्रतियोगितामा ईपीएस नयाँ बानेश्वर र पुष्पलाल मेमोरियल क्रमशः दोस्रो र तेस्रो बने । प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद १५ हजार, ८ हजार, ५ हजारसहित मेडल र प्रमाणपत्र हात पारे ।

प्रतियोगितामा फेयर प्ले सगरमाथा एजुकेसन एकेडेमी ‘बी’ भयो । धेरै गोल गर्नेमा छहारी शिक्षा सदनकी सृष्टि तामाङ भइन् । उत्कृष्ट खेलाडी भने ईपीएसकी दीक्षा दाहाल भइन् ।

प्रमुख अतिथि तथा सांसद कृष्ण राईले खेलको माध्यमबाट पनि देश विकासमा टेवा पुर्‍याउन सकिने बताए । उनले खेल क्षेत्रको विकासमा सरकार जुटेको बताए । खेल क्षेत्रमा महिलाहरूको सहभागिता उदाहरणीय भएको उनको भनाइ थियो । उनले आगामी दिनमा पनि महिला लक्षित प्रतियोगिता राख्नुपर्ने धारणा व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मित्रलाल पंगेनीको सभापतित्वमा भएको कार्यक्रममा सगरमाथा एजुकेसन एकेडेमीका विद्यार्थीले नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु