भारतमा भवन ढल्दा मृत्यु हुनेको संख्या सात पुग्यो

भारतमा भवन ढल्दा मृत्यु हुनेको संख्या सात पुग्यो

भारत– भारतको कर्नाटकमा भवन ढल्दा मृतकको संख्या सात पुगेको छ ।

धारवाडमा मंगलबार चार तल्ले निर्माणाधीन भबन ढलेको थियो । घटनामा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ भने उद्दारकर्मीले अहिलेसम्म ६० जनालाई बाहिर निकालेका छन् ।

उद्दार गरिएकामध्ये धेरैजसोको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले घटनापछि राहत एवं बचाउकार्य तीव्रताका साथ गरे पनि मृतकको संख्या कम गर्न सकेन ।

पीडितहरु धेरैजसो उत्तर भारतका प्रवासी मजदूर हुन् । मुख्यमन्त्री एचडी कुमारस्वामीले घटनामाथि दुःख जताउँदै बचाउ कार्यलाई जोड दिन आग्रह गरेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु