औषधिबिनै उपचार सम्भव छ : एक्युप्रेसर कन्सल्ट्यान्ट सरला लामा

औषधिबिनै उपचार सम्भव छ : एक्युप्रेसर कन्सल्ट्यान्ट सरला लामा

काठमाडौं – बढ्दो शहरीकरण व्यवस्थित गर्न नसक्दा हाम्रा सहर बजार फोहरमैला र दुगर्न्धले भरिएका छन् । त्यही बढ्दो फोहरमैला, प्रदुषण, अस्वस्थ खानाकै कारण विभिन्न रोग देखिँदै आएका छन् । सन्ततुलित भोजन अभाव, स्वस्थ्य परिकारका खानाहरू साथै विषादीरहित तरकारी अभाव नै रोगका प्रमुख कारण हुन् ।

मानिसहरू सुविधाभोगी भएका छन् । टाउको, नाक, कान, छाती खुट्टा दुख्दा होस् वा रुघाखोकीकै समयमा समेत नजिकै खुलेका औषधि पसलमा खुरुरु दगुरेर ‘पेनकिलर ट्याब्लेट’ प्रयोग गर्छौं । क्षणिक समयमा निको त हुन्छ तर त्यसको साइड इफेक्ट भने कहिल्यै सोच्दैनौं । सहरभर विभिन्न नाममा अस्पताल खुलेका छन्– अस्पतालमा व्यापार चलेका, बिरामी ठगिएका, लुटिएका समाचार छ्यापछ्याप्ती आइरहेका छन्. । तर, हामीहरू हाम्रो शरीरलाई कुनै औषधिविनै सन्तुलन र स्थिर राख्न सक्छौ भन्नेमा कहिल्यै ध्यान दिदैनौं । यस्तै औषधिविनै उपचार सम्भव गराउने बाटोमा होमिएकी छन्– एक्युप्रेसर कन्सल्ट्यान्ट सरला लामा

चाबहिल मेडिकेयर र ओम अस्पतालपछाडि रहेको एउटा सानो घरमा सुमेरु एक्युप्रेसर सेन्टरमा बिरामीको उपचारमा व्यस्त छिन् । खोटाङ दिक्तेलमा सन १९७७ मा जन्मिएकी लामा कक्षा ४ सम्मको अध्ययन गाउँमै रहेको स्कुलमा गरिन् । कक्षा ४ पछिको अध्ययनका लागि दार्जिलिङ गइन् । भारतको सेन्ट्र जोसेफ विश्वविद्यालयमा ब्याचल सकाइन् । मास्टर्स सकाइन् भने उनलाई फेरि एक्युप्रेसरको पढाइले आकर्षित गरेको र भारतमा औपचारिक रूपमा जामनगर विश्वविद्यालयबाट आफ्नो पढाइ पूरा गरिन् । यसै विषयमा फरदर स्टडीका लागि विदेश जाने र अध्ययनलाई अझ फराकिलो बनाउने सोचमा छिन् ।

भारतमा अध्ययन सकाएपछि उनी नेपालमै गएर केही गरौं न भन्ने सोच आयो । नेपाल आएर आफ्ना कार्य सञ्चालन गरिन् । करिब १२ वर्ष भयो उनले सुमेरु एक्युप्रेर सेन्टरबाट बिरामीको उपचार गराउन लागेको । उनका अनुसार आयुर्वेदिक एक्युप्रेसर (ड्रग लेस ट्रिटमेन्ट) अहिलेको नेपाली समाजमा अत्यन्त प्रभावकारी र लोकप्रिय बनेको छ । मानिसहरू विभिन्न रोगको सिकार भएर जिन्दगी गुजार्नुपर्ने बाध्यतालाई उनको सानो उपचार र ट्रिटमन्टले कैयौं बिरामीले नयाँ जीवन पाएका छन् । उनको दाबी छ– एक्युप्रेसर उपचार विधि कुनै एलोपेथिक औषधि सेवन गर्नुपर्दैन । म्याग्नेटिङ ट्रिटमेन्ट, सिक्ट ट्रिटमेन्ट, स्टुमोलेसन ट्रिटमन्टलगायत विधिले क्यान्सर, मानसिक सन्तुलन कमजोर भएका ग्यास्ट्रिक, अल्सर कब्जियत, हातखुट्टा दुख्ने झमझमाउने पेट पोल्ने शरीरमा लाग्ने हरेक रोगको विनाऔषधि उपचार गरिन्छ । उनले कैयौं जीर्ण रोगीलाई सफल उपचार गराई निको गराएका उदाहरण प्रसस्तै छन् । यस अवधिमा लामाले करिब ३ हजार बिरामीलाई निको बनाएर पठाएकी छन् । उनका अनुसार ब्रह्माण्ड जस्तो छ त्यस्तै मानिसको शरीर हुन्छ त्यसलाई सन्तुलन बनाउने कार्यमात्र गरे अनेक रोगको सामना गर्नु पर्दैन । उनी भन्छिन्– पञ्चतत्त्व (जल, वायु, अग्नि, आकाश र पृथ्वी) नै हाम्रो शरीरसँग अन्तर सम्बन्धित भएकाले यसलाई सन्तुलनमा ल्याउन आफ्नो प्रयास रहनेछ । भौतिक र पराभौतिक तत्त्वले समेत शरीरमा प्रभाव पार्ने हुनाले यी तत्त्व मिलाएर सन्तुलन कायम गर्ने विधि पनि प्रमुख रहेको उनको भनाइ छ । उनी भन्छिन्– हाम्रो शरिरले आफुलाई चाहिने तत्त्व आफै उत्पादन गर्छ । त्यो उत्पादन गर्न नसक्नुमा कुन फ्याक्टरमा कमी आयो वा कुन कारणले कुन अंगले उत्पादन गर्न सकेन र काम गरेन त्यसमा अध्ययन गर्छौं । हरेक रोगका लक्षण हाम्रो शरिरका कुनै न कुनै अंगहरूले देखाइरहेका हुन्छन् । त्यसलाई पहिल्याएर कुन अंग वा कुन तत्त्वको कमी भयो पत्ता लगाएर उपचार विधिमा लाने गरेको बताउछिन् ।

उनको उपचार सेन्टरमा विभिन्न अस्पताल धाउँदा निको नभएर हार खाएर अस्पतालका फाइलका चाङ लिएर आउने गर्छन् । कोही मानसिक सन्तुलन कमजोर र बिग्रिएका, कोही डिप्रेसनको सिकार भएका थुप्रै बिरामी आउने गर्छन् । ती बिरामीलाई लामाले धैय गर्न आग्रह गर्दै उपचार र परामर्श दिँदै आएकी छन् । कहिले उपचारकै क्रममा तनाव पनि आइपर्छ । उनले त्यसलाई तनाव नठानेर रातभर अध्ययन गरी त्यो विधि र प्रक्रियाको निर्क्योल गर्छिन् र उपचारमा लाग्छिन् । निको गराएरै छाड्छिन् । लाग्छ बिरामीसँग उपचारको सम्बन्ध मात्र हुँदैन आत्मीयताको सम्बन्ध हुँदै जान्छ । अझ काम गर्न ऊर्जा र हौसला मिल्छ । उनी भन्छिन् यहाँ ल्याउँदा ४ जनाले बोकेर ल्याएको बिरामी केही समयमै एक जनाकै सहारामा हिड्न सक्ने वातावरणमा पुग्दा राम्रै काममा समय व्यतीत गरिएछ भन्ने लाग्छ । ‘त्यसबेला खुसी नहुने कुरै रहँदैन,’ उनले भनिन् । सुमेरु एक्युप्रेसर सेन्टरमा नेपालबाट मात्र रोगी आउँदैनन् भारतको विभिन्न ठाउँबाट समेत उपचारका लागि त्यस सेन्टरमा आउने गर्छन् ।

कुराकानीकै क्रममा दार्जिलिङमा खेलाडी रहेकी सिवानी राईले आफूलाई अत्यन्तै शरीर दुख्ने र चिसोमा बस्नै नसक्ने समस्या भएकोमा विभिन्न अस्पतालमा उपचार गर्दा नभएपछि आफ्नो बाबुको प्यारालाइसिस निको भएको, साथै दिदीको समेत समस्यालाई निको भएपछि आफू पनि सेन्टरमा आएको बताइन् । उनीसँगै आएकी अर्की एकजना मुटुमा समस्या लिएर आएको र सुमेरु सेन्टरमा उपचार गराउँदा आफूलाई निको भएको अनुभव सुनाइन् । यस्ता धेरै बिरामी लामाको सेन्टरमा आएर उपचार गराउँछन् । अँध्यारो मुख लिएर आएका धेरै बिरामी उज्यालो मुहार बनाएर बिदा गर्छिन् । उनलाई नेपालमा यससम्बन्धी पढाइ हुने विषय भए देशभर भएका धेरै बिरामीको पीडामा मल्हम लगाउन सकिने बताइन् ।

महिला हक, अधिकारका नाममा सडकमा एक दिन नारा, ब्यानर, र्‍यालीमा मनाएर र आरक्षणका नाममा हात थापेर महिला शक्तिकरण नहुने उनी बताउँछिन् । त्यसको लागि महिला आफैंले सिर्जनात्मक काममा लाग्ने र सक्षम भएर अघि बढ्न आग्रह गरिन् । महिलालाई अगाडि बढाउन उसको आमा प्रमुख हुने उनको बुझाइ छ । ‘कुनै औषधिको प्रयोगबिनै हरेक प्रकारका रोग साइडइफेक्टविना उपचार सम्भव छ,’ उनको दाबी छ ।

उनका बिरामी तथा विभिन्न व्यक्तिको आग्रहमा सुमेरु एक्युप्रेसर सेन्टरले सेल्फ हेल्थ क्यापको आयोजनाको तयारी रहेको लामा बताउँछिन् । यहाँ उपचार विधिका लागि भने केही समय सेन्टरमा आएर ट्रेनिङ लिनसके कुन पार्टमा के लगाउने र कुन रोगसँग के सम्बन्ध रहेको भन्नेबारे जानकार हुन सक्ने भएकाले तालिम आवश्यक रहेको बताइन् । नेपालमै एक्युप्रेसरसम्बन्धी पाठ्यक्रम राखेर अगाडि बढे देशका धेरै पीडितलाई मल्हम लगाउन सकिने उनको विश्वास छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु