अवैध सुन विदेश लैजाने क्रममा विमानस्थलबाट चार पक्राउ

अवैध सुन विदेश लैजाने क्रममा विमानस्थलबाट चार पक्राउ

काठमाडौँ– महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा सुन विदेश लैजाने क्रममा ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सोमबार साँझ अवैधरूपमा सुन विदेश लैजाने क्रममा अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राउत र पटेललाई रु १० लाख १५ हजार मूल्य पर्ने चार थान सुनको ठूलो बालासहित नियन्त्रणमा ल्याइएको हो । त्यस्तै केसी र राईसँग रु १७ लाख ४६ हजार मूल्य बराबरको पाँचथान सुनको ठूलो बाला, तीन मोबाइल र ल्यापटप बरामद गरिएको हो ।

चारै जनालाई सुन र बरामद गरिएको सामानसहित आवश्यक कारवाही र अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु