मेरो भावना/मेरो अक्षर

मेरो भावना/मेरो अक्षर

प्रेम जलेको लेख बिना, काहानी हुन सक्दैन्
दुःख नपाए सम्म, सरल जिन्दागानी हुन सक्दैन्

कामले नै सबैलाई सफल र असफल बनाउछ
निधार ठुलो छ भन्दैमा, भाग्यमानी हुन सक्दैन्

साहुजीको पाउमा, भोकको ताराहरु नटिपे सम्म
बाआमाको आशुँ लुकाउने, सिरानी हुन सकिदैन्

गगनचुम्बी महलमा, जन्मेकालाई कसरी बताउ म
भोको निन्द्रा सँग नलड्नेको, जवानी हुन सक्दैन्

टाढाँ धेरै हुदा, मायामा तुसारो पलाउछ भन्नेको
मरुभुमी हुन्छ हृदय, आखाँमा पानी हुन सक्दैन्

दुखं नपाए सम्म, सरल जिन्दागानी हुन सक्दैन्

  • प्रदिप थिङ् तामाङ्
    पोर्चुगोल

वडा समाचारहरु

सम्बन्धित समाचारहरु