‘जात्रै जात्रा’को पहिलो गीतमा निश्चल वर्षादेखि करिष्मासम्म यस्तो देखिए (भिडियो)

‘जात्रै जात्रा’को पहिलो गीतमा निश्चल वर्षादेखि करिष्मासम्म यस्तो देखिए (भिडियो)

काठमाडौं– प्रदीप भट्टराई निर्देशित चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।

विवाहको परिवेशमा खिचिएको उक्त गीतमा चलचित्रका कलाकारसँगै निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्रीद्धय करिश्मा मानन्धर र सारा र्शिपालीले कम्मर मर्काएका छन् ।

‘माया पिरिम’बोलको उक्त गीतमा निशान भट्टराई र मनीषा पोखरेलको स्वर रहेको छ । गीतमा कृष्ण भारद्वाजको सङ्गीत रहेको छ भने लेखु सहयात्रीको शब्द रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका अधिकांश कलाकारहरू विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र सिंह बनियाँ, रविन्द्र झा लगायतका कलाकारले कम्मर मर्काएका छन् ।

चलचित्र जेठ ३ गते प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ । यसअघि वैशाख २७ गते रिलिज गरिने भनिएको फिल्म सो मितिमा बलिउड र हलिउडको दुई ठुला ब्यानरका चलचित्र रिलिज हुने भएपछि जात्रै जात्राले प्रदर्शन मिति सारेर जेठ ३ मा पुर्याएको हो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु