यी हुन् ६ सेलिब्रिटी जोडी जसको इन्गेजमेन्ट भयो तर विवाह भएन

यी हुन् ६ सेलिब्रिटी जोडी जसको इन्गेजमेन्ट भयो तर विवाह भएन

एजेन्सी– प्रेममा पर्दाको अनुभव निकै उत्कृष्ट हुन्छ । मानिसहरु प्रेममा पर्छन् । कतिको प्रेम वैवाहिक सम्बन्धमा परिणत हुन्छन् भने कतिको बीचमा नै टुङ्गिन्छ । हामीले यस्ता घटना बलिउडमा बारम्बार देखेका छौं । बलिउडमा यस्ता केही जोडी छन् जसको इन्गेजमेन्ट त भयो तर विवाह हुन सकेन । ती को हुन्, यसबारे जानकारी लिऔं ।

१. अभिषेक बच्चन र करिष्मा कपुरः
अभिषेक र करिष्माको जोडी बलिउडमा सबैभन्दा बढी रुचाइएको जोडी थियो । अमिताभ बच्चनको ६० औं जन्मदिवसमा यी दुईको इन्गेजमेन्ट भएको थियो । पछि जया बच्चनले अभिषेकले इन्गेजमेन्ट तोडेको जानकारी दिइन् ।

२. अक्षय कुमार र रविना टन्डनः
९० को दशकमा रविना र अक्षय बलिउडको ‘टक अफ द टाउन’ थिए । एक अन्तर्वार्तामा रविनाले एक मन्दिरमा आफूले अक्षय कुमारसँग गोप्य रुपमा इन्गेजमेन्ट गरेको खुलासा गरेकी थिइन् । तर अक्षयले रविनालाई धोका दिएपछि उनीहरुको सम्बन्ध विवाहमा परिणत हुन पाएन । पछि यी दुईले आफ्नो सम्बन्ध तोड्दै अलग बाटो रोजे ।

३. सलमान खान र संगीता बिजलानीः
सन् १९९४ मा सलमान संगीता बिजलानीसँगको सम्बन्धका कारण चर्चामा थिए । साथै, यी दुईको विवाहको कार्डसमेत छापिइसकेको बताइएको थियो । सबै कुरा मिलिसकेको थियो तर अन्तिम अवस्थामा उनीहरुको विवाह तोडियो । सोमी अलीसँगको सम्बन्धका कारण संगीताले सलमानसँगको सम्बन्ध तोडिन् । अहिलेसम्म सलमान अविवाहित नै छन् ।

४. करिष्मा तन्ना र उपेन पटेलः
यी दुई बिग बस कार्यक्रममा नजिकिए । पछि उपेनले करिष्मालाई नच बलिएको सेटमा प्रपोज गरे । यी दुईले एक रियालिटी शोमा इन्गेजमेन्ट गरे र नीजि कारण देखाउँदै दुईले सम्बन्धविच्छेद भएको जानकारी दिए ।

५. विवेक ओबरोई र गुरप्रित गिलः
सन् २००० मा विवेकले फिल्मी क्षेत्रमा प्रवेश अघि गुरप्रित गिलसँग इन्गेजमेन्ट गरे । त्यसको केही समयपछि यी दुई छुट्टिए । पछि विवेकले ऐश्वर्या राय बच्चनसँग डेट गरे । उनले सन् २०१५ मा प्रियंका अल्भासँग विवाह गरे ।

६. साजिद खान र गौहर खानः
सन् २००३ मा फिल्म निर्माता साजिद दान र मोडल–नायिका गौहर खानले इन्गेजमेन्ट गरे तर उनीहरुको यसलाई कहिले सार्वजनिक गरेनन् । यी दुईले केही नीजि कारण देखाउँदै इन्गेजमेन्ट तोडेको बताए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु