प्रचण्ड मारिएर केही फरक पर्दैन भन्ने रवि लामिछानेलाई कारबाहीको माग

प्रचण्ड मारिएर केही फरक पर्दैन भन्ने रवि लामिछानेलाई कारबाहीको माग

काठमाडौँ– पत्रिकारितामा विवादित बनेका न्युज २४ का प्रस्तोता रवि लामिछानेको अभिव्यक्तिलाई लिएर कारबाहीको आवाज उठेको छ । व्यक्तिगत तस्विरमा निकृष्ट गालीगलौज गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले लामछानेमाथि कारबाहीको माग गरेका हुन ।

वरिष्ठ उपाध्यक्ष बस्नेतले लामिछानेले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन् भन्ने चेतावनी समेत दिएका छन । बस्नेतले प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनले आफुलाई कसरी स्पष्ट गर्छन् ? भन्ने प्रश्न समेत गरेका छन ।

बस्नेतले लेखेका छन ‘प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनले आफुलाई कसरी स्पष्ट गर्छन् ? उनको त्यो वाणी सुनेपछि मलाई उनी पत्रकारिताको मर्म र धर्मभित्र भएजस्तो पटक्कै लागेन । यसलाई कार्वाहीको विषय वनाइयोस् । उनले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन्।’

वडा समाचारहरु

सम्बन्धित समाचारहरु