च्याम्पियन्स लिग ड्रः क्वाटरफाइनलमा बार्सिलोना र म्यान्चेष्टर युनाइडेटको भिडन्त हुने

च्याम्पियन्स लिग ड्रः क्वाटरफाइनलमा बार्सिलोना र म्यान्चेष्टर युनाइडेटको भिडन्त हुने

एजेन्सी– युरोपको सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा क्याटलन क्लब बार्सिलोना र इंग्लिस प्रिमियर लिग टोली म्यान्चेष्टर युनाईटेड भिड्ने भएका छन् । शुक्रबार न्योनमा सम्पन्न युइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनल ड्रबाट दुई टोली आमने सामने भएका हुन् ।

लियोनलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको बार्सिलोनासँग पेरिस सेन्ट जर्मेनलाई हराएको युनाइटेडले खेल्ने भएको हो ।

गत सिजनको उपविजेता लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोसँग खेल्ने भएको छ । लिभरपुलले जर्मन च्याम्पियन बायर्न म्युनिख र पोर्टोले एएस रोमालाई हराएका थिए ।

त्यस्तै इटालियन क्लब युभेन्ट्सले रियल म्याड्रिडलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको डच क्लब एज्याक्सको सामना गर्नेछ । रियललाई पछिल्लो ३ सिजन लगातार उपाधि दिलाएका रोनाल्डोले अब युभेन्ट्सबाट एज्याक्ससँग खेल्नेछन् ।

त्यस्तै जर्मन प्रतिद्वन्द्वीलाई हराएका अर्का टोली टोटेनह्याम हट्सपर र म्यानचेस्टर सिटीले एकआपसमा खेल्नेभएका छन् । योसँगै सेमिफाइनलको ड्र पनि सार्वजनिक भएको छ । टोटेनह्याम र सिटीको विजेताले एज्याक्स र युभेन्ट्सको विजेतासँग खेल्नेछ भने बार्सिलोना र युनाइटेडबीच खेलको विजेताले लिभरपुल र पोर्टोको खेलको विजेतासँग फाइनल प्रवेशका लागि भिड्ने छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु