वर्तमान सरकारसंग आम जनता सन्तुष्ट नरहेको पूर्व राजा शाहको दाबी

वर्तमान सरकारसंग आम जनता सन्तुष्ट नरहेको पूर्व राजा शाहको दाबी

जनकपुर– पूर्व राजा ज्ञानेन्द्र शाहले वर्तमान नेतृत्वसंग आम जनता सन्तुष्ट नरहेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार जानकी मन्दिरको दर्शन र पूजा अर्चना गर्न जनकपुर पुग्नु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले सञ्चारकर्मीसंगको कुराकानी अहिले जनता सरकारसंग असन्तुष्ट रहेको दावी गरेका हुन् । आफुलाई देश र जनताको चिन्ता सधै लागि रहेकोे पनि उनले बताए ।

झन्डै ४० मिनट मन्दिरमा विताउनु भएका पूर्व राजाको स्वागतमा हजारौं स्थानीय फुलको माला, गुच्छा, राजाको तस्वीर र राष्टिय झण्डासहित जानकी मन्दिरमा पुगेका थिए ।

मन्दिरमा उपस्थित स्थानीयवासीले ‘राजा ल्याउ देश वचाऊं’ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै नाराबाजी समेत गरेका थिए । पूर्व राजा शाहको स्वागतमा मन्दिर परिसरको मुख्यद्वारवाट नै रातो कार्पेट समेत ओछ्याईएको थियो ।

पूर्व राजा शाहको स्वागतमा मन्दिरमा स्थानीयहरु लामबद्ध बनेर उभिएका थिए । जानकी माताको पूजा अर्चनापछि पूर्व राजा शाहले विवाह मण्डप, अखण्ड राम नाम जपस्थल समेत अवलोकन गरेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु