लस एन्जल्समा घिसिङसँग तामाङ सोसाइटीले गरे अन्तरक्रिया

लस एन्जल्समा घिसिङसँग तामाङ सोसाइटीले गरे  अन्तरक्रिया
  • आशिष तामाङ

लस एन्जलस – नेपाल बिद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङसँग लसएन्जल्समा अन्तर्क्रिया कार्यक्रम भएको छ ।

केही दिन अघि नेपाली ऊर्जा क्षेत्रमा भएको परिवर्तनबारे प्रचवन दिन अमेरिका आएका घिसिङसँग तमाङग सोसाईटी अफ लस एन्जलस, क्यालिफोर्निया च्याप्टर,एनआरएन अमेरिका,नेपाल अमेरिका एकता समाज र मधेशी एशोसियशन अफ क्यालिफोर्नियाको संयुक्त आयोजनामा आर्टेसियास्थित स्थानिय नान्किङ रेस्टुरेन्टमा भेट्घाट तथा अन्तर्क्रिया कार्यक्रम भएको हो ।

दशकौं देखी नेपालीहरुले खेप्दै आएको लोडसेडिङलाई कुशल ब्यबस्थापन, मेहनत र ईमान्दारिताले ‘लोड सेडिङ्ग’ अन्त गराउन सफ भएका घिसिङसँग लस एन्जलसका चार सामुदायिक संस्थाहरु एकजुट भएर कार्यक्रम गरे ।

लस एन्जलस आउनुअघी होबर ड्याम र ग्रान्ड क्याननको अवलोकन गरेर आएका घिसिङ्गले अमेरिकाको बिकासले चकित परेको बताए ।

कार्यकारी निर्देशक घिसिङ्गले कार्यक्रममा लोडसेडिङ्गको अन्त्य, यसलाई टिकाउने उपायहरु, बिद्युत प्राधिकरणको प्रगती, नेपाली बिजुली उत्पादनको दक्षिण एसियामा बढेको माग, प्रवासीहरुले हाईड्रो पावरमा लगानी गर्न सक्ने बातावरण, आफु र समुहको मेहनत, बिजुलीमा जिल्लाहरुका समस्याहरुका बारेमा प्रकाश पार्दै सहभागीहरुका प्रश्नको उत्तर दिएका थिए ।

तमाङ सोसाईटी अफ लस एन्जलसका अध्यक्ष तथा तमाङ समाज अमेरिकाका उपाध्यक्ष टेक वाइबा लामाको सभापतित्वमा भएकोे कार्यक्रममा एनआरए अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डेले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा वरिष्ठ ईन्जिनियर कन्हैया कायस्थले ‘ईनर्जी सेभिङ’ का बारेमा आफुद्दारा लेखिएको पुस्तक कार्यकारी निर्देशक घिसिङ्गलाई प्रदान गरे ।

तमाङ सोसाईटी अफ लस एन्जलसका अध्यक्ष एव्म कार्यक्रमका सभापति टेक वाईबा लामाले घिसिङ्गले नेपाल राष्ट्रको लागि गरेको सच्चा सेवाबाट अरुले केही सिक्नु पर्ने धारणा व्यक्त गरे । उनले राष्ट्रको विकास र समृद्धिका लागी सयौं घिसिङ्गहरु राष्ट्रले पाए नेपाल छिट्टै विकासको गतीमा अगाडी बढ्ने बताए । लामाले आफुहरु प्रवासमा भएतापनि मातृभुमीको लागी समेत आफुहरुले सामाजिक क्षेत्रका कार्यहरुमा सहयोग गर्दै आएको बताए । वाईबा हामी नेपाली ग्लोबल संस्थाका समेत केन्द्रिय उपाध्यक्ष हुन ।

कार्यक्रममा नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र सिवाकोटी, मधेशी एसोसिशयन अफ क्यालिफोर्नियाका अध्यक्ष दिनेश शाह लगाएतले घिसिङ्को काम प्रति आफुहरु नतमस्तक भएको भन्दै कार्यकालको सफलताको कामना गरे ।

अन्तर्क्रिया कार्यक्रममा प्रश्नोत्तरको संयोजन एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका सचिव पत्रकार रोशन अधिकारीले गरेका थिए भने कार्यक्रम संचालन तमाङ समाज अमेरिकाकी महासचिव पत्रकार डोल्मा लामाले गरेकी थिईन ।

सोही कार्यक्रममा कुशल व्यवस्थापक र इमान्दार छवि बनाएका कुलमान घिसिङलाई सम्मान समेत गरिएको थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु