राष्ट्रपति भण्डारी स्वदेश फिर्ता (फोटोफिचर)

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता (फोटोफिचर)

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भई स्वदेश फर्किएकी छिन् । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसंघको महिलाको अवस्थाको परिषदद्धारा आयोजित ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रममा सहभागी भई आईतबार अपरान्ह स्वदेश फर्किएकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीगणलगायतले स्वागत गरेका थिए । त्यसैअवसरमा नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी समेत अर्पण गरेको थियो । राष्ट्रपति भण्डारीले अमेरिका बसाईको क्रममा संयुक्त राष्ट्रसंघको ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रममा नेपालले महिला अधिकार, लैंगिक समानतालगायतका मानवअधिकारको क्षेत्रमा गरेको उल्लेख्य उपलब्धिहरु अन्तर्राष्ट्रिय समुदायलाई प्रस्तुत गरेर राष्ट्रपति भण्डारीले देशको छविलाई झनै उचो बनाएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले अमेरिका बसाईको क्रममा महिलाको क्षमतामा नजरअन्दाज गर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन गरेर महिलाहरुको सशक्तिकरणको अभियानलाई सफल बनाउन सकिने धारणा पनि राखेकी थिइन् । त्यसअवसरमा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टानियो गुटरेज, राष्ट्रसंघ महासभाकी सभापति मारिया फर्नान्डा तथा इष्टोनियाका समकक्षी केरष्टि कलजुलैड र क्रोयसियाका राष्ट्रपति कोलिन्डा ग्राबरसँग पनि भेटवार्ता गरेकी थिइन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु