नेकपाको एकता कुनै सनक र चटकमा भएको होइन : उपप्रधानमन्त्री पोखरेल

नेकपाको एकता कुनै सनक र चटकमा भएको होइन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं  – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य तथा उपप्रधानमन्त्री एव्म रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाको एकता कुनै चटक र सनकका भरमा नभएको बताएका छन् ।

नेकपा काठमाडौं जिल्लाको चावहिल स्थित धुम्बराहीमा रहेको पार्टी कार्यालयको आज उद्घाटन क्रममा नेता पोखरेलले पूर्व एमाले र माओवादीको एकता कुनै सनक र चकटका भरमा नभई राष्ट्र र जनताको माग अनुरुप भएको बताएका छन । उनले पार्टीमा लामो छलफल र विधि पक्रियाबाटै नेकपाको एकता भएको बताएका हुन । मन्त्री पोखरेलले हिजोका दुई ठुला शक्तीहरुको मिलन स्थायित्व र कम्युनिष्ट जनताको हित र भलोका लागी भएको दावी गरे । उनले हिजो अलग अलग कार्यदिशा बोकेर अगाडी बढिरहेका दुई पार्टी आज एक भएर देश निमार्णमा तथा जनताको आवश्यकता र भावनालाई बुझेर अगाडी बढ्ने संकल्पका साथ अगाडी बढिरहेको बताए । नेकपाको एकताले कम्युनिष्ट फुट्न मात्र जान्छन भन्ने भम्रलाई चिरेर संसारलाई चकित तुल्याईदिएको दावी गरे ।

नेता पोखरेलले हिजोका दुई छुट्टै कार्यदिशाबाट आएका पार्टी पङ्तीमा केही कमजोरी र समस्या हुन सक्छन त्यसलाई स्वाभिक ठानेर एक भएर अगाडी बढ्न कार्यकर्तालाई आग्रह गरे । ‘सेती,काली गण्डकी एक भएर नारायणी भइसक्यो अब कुनै छुट्टै काली बन्छ न कुनै सेती अब नारायणी बनेर नेकपा अगाडी बढि सक्यो अब पछाडी पर्केर काली सेतीको कुरा नगरौं’ उनले भने ‘हो केही पार्टीमा एकताले पूर्णता पाउन सकेको छैन् त्यसमा गृहकार्य भईरहेको छ ,केही समयमै पार्टीले पूर्णरुप पाउने छ’ ।

नेता पोखरेलले पश्चगामी नभइ अग्रगामी सोच लिएर अगाडी बढ्दै हिजोका लिगेसीलाई बिर्सीएर देश र राष्ट्रको समृद्धिको यात्रामा अगाडी बढ्न सबैलाई आग्रह गरे । उनले हिजोका दिनमा माओवादी जनयुद्धमा हुँदा समेत पार्टी एक बनाउन एमाले लगातार संवाद र छलफलमा मित्रवत ढङ्गबाट लागेको स्मरण गर्दै हिजोको एक अर्काको निषेधको राजनितिलाई विर्सेर नयाँ कोर्समा अगाडी बढेकोले पछाडी फर्केर हेर्नुको कुनै फाइदा नभएको उल्लेख गरे ।

नेता पाखरेलले काठमाडौं जिल्ला पार्टी कार्यालय समन्वय ,संयोजन र नेतृत्व गर्ने पार्टी कार्यलयका रुपमा अगाडी बढाउनु पर्ने धारणा व्यक्त गरे । उनले जिल्ला पार्टी कार्यालय पार्टीकै स्वामित्व र सम्पतीमा बनाउन सबै पार्टी पङ्तीका तथा कार्यकर्ता लाग्नु पर्ने धारणा राखे ।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राईले पार्टीले पूर्णता पाउन नसक्दा तत्लो तहमा गएर काम गर्न केही अफठ्यारो भएको भन्दै त्यसलाई छिटो हल गर्न शिर्ष नेताहरुलाई आग्रह गरे ।उनले भने ‘पार्टीले पूर्णता पाएको छैन्,पार्टी संङ्क्रमणकालिन अवस्थामा छ,तत्लो तहमा गएर काम गर्न केही अफ्ठ्यारो भएको छ यसलाई छिट्टै हल गर्न शिर्ष नेताहरुबिच तीव्र रुपमा छलफल भईरहेकोले छिट्टै पार्टीले पूर्णता पाउने छ’ । सांसद राईले पार्टी एकिकरणले पूर्णता नपाएसम्म २ भिन्न पार्टी कार्यलयलाई नयाँपन दिने हेतुले पार्टी कार्यलय खोलिएको जानकारी दिए । उनले क्षेत्रगत र धनत्वको साथै फराकिलो ठाँउ खोज्ने क्रममा यहि ठाँउ उपयुक्त देखेरै कार्यालय राख्ने निर्णय पार्टी पदाधिकारीकै छलफलबाट भएको बताए ।

सांसद राईले पार्टी कार्यलय पार्टीको नाममा राख्न नसकि भाडा राख्नु पर्ने विडम्वना लाई अन्त्य गर्न सबै पार्टी पङ्तीका साथीहरु आ-आफनो ठाँउबाट प्रतिबद्ध भए छिट्टै पार्टीकै सम्पतीमा पार्टी कार्यलय खडा गर्न सकिने विश्वास व्यक्त गरे ।

सांसद राईको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश ३ नेकपा अध्यक्ष,सचिव,कामनपा प्रमुख लगाएत पार्टी सम्बद्ध नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन नेकपा केन्दिय सदस्य हिमाल शर्माले गरेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु