“लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको छ” 

"भृकुटी मन्डपमा समापन'' 

“लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको छ” 

भक्तपुर  – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको बताएका छन् ।

भक्तपुरको सूर्यविनायकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै थापाले नेपालको परम्परागत धार्मिक, सांस्कृतिक पहिचानमाथि आक्रमण भइरहेको, गरिवी र बेरोजगारीको समस्या विकराल भइरहेको आरोप लगाए । उनले विगत १२ वर्षको राजनीतिक अनुभवबाट राष्ट्रिय प्रजातान्त्र पार्टीले मुलुकलाई संकटबाट मुक्त तुल्याउने क्रममा जनतालाई जगाउने र सरकारलाई दबाब दिने उद्देश्यले राष्ट्रिय स्वाभिमान यात्रा आयोजना गरेको बताए ।

राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज भक्तपुरको सूर्यविनायक हुँदै काठमाडौंको भृकुटी मन्डपमा पुगेर समापन हुने जनाएको छ ।

पार्टीले विभिन्न माग राख्दै मेची महाकाली यात्रा सुरू गरेको थियो । यात्राका क्रममा दुई हजार ८ सय १० किलोमिटर दूरी पार गरेको जनाइएको छ ।

पार्टी अध्यक्ष थापाको नेतृत्वमा सुरू भएको र्‍यालीमा विभिन्न जाति तथा धर्म झल्कने चिह्नसहित गाईको प्रतिमूर्ति बनाइएको थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु