गुगलकी कर्मचारीले ‘पाइ’को रेकर्ड ब्रेक गर्दै राखिन विश्व रेकर्ड

गुगलकी कर्मचारीले ‘पाइ’को रेकर्ड ब्रेक गर्दै राखिन विश्व रेकर्ड

काठमाडौं– विकासकर्ता र अधिवक्ताको रुपमा गुगलको जापानको ओसाकास्थित कार्यालयमा काम गर्ने कर्मचारीले पाइको विश्व रेर्कड ब्रेक गरेकी छन् । सानैदेखि पाइको रेर्कड ब्रेक गर्ने सपना रहेको बताउने एम्मा हरुका इवालाई विहीबार गीनीज वल्र्ड रेर्कडले प्रमाणित गरेको छ ।

पीटर ट्रुबद्वारा सन २०१६ मा पाइको मान २२.४ ट्रिलीयन नम्बर सेट गरिएको थियो । सो रेकर्डमा करिब ९ ट्रिलीयन संख्या थप गर्दै इवाले पाइको मान ३१.४ ट्रिलीयन नम्बरमा सेट गरेर प्रमाणीत गरेकी हुन् ।

अपरिचित नम्बरको रुपमा रहेको पाइ फिजिक्स र म्याथमटिक्स, इन्जिनियरींग तथा अन्तरिक्ष अन्वेषणका क्रममा बिशेषतः प्रयोग हुन्छ । किनकि पाइ वेबहरुको भेल्यु निकाल्न प्रयोग हुन्छ ।

इवाले पाइका लागि धेरै लामो संख्या उत्पन्न गर्न २५ ओटा गुगल क्लाउड भर्चुअल मशीनहरू प्रयोग गरेकी थिइन् । पाइ वृतको परिधिलाई व्यासले भाग गरेर निक्लिने मान हो । इवाले नै पाइको मान पहिलो पटक गुगलको क्लाउडको मद्दतमा प्रमाणित गरेकी हुन् ।

उनले निकालेको नयाँ पाइको मान हिसाब गरेर प्रमाणित गर्दा १७० टिबी डाटा प्रयोग भएको थियो । स्मरण रहोस १ टिबी करिब २० हजार गीतहरुको ट्रेक बराबर हुन्छ । करिब ४ महिनासम्मको लगातार प्रयासपछि उनले पाइको मान ३१.४ ट्रिलीयन नम्बरमा सेट गरेकी हुन् ।

पाइको मानको कुनै समाप्ती भने हुँदैन बस उनीे पाइको मानको संख्या थपेर सहि हिसाब निकाल्न सक्षम भएकी हुन् । गुगलले मार्च १४ अर्थात आज अमेरिकी समय अनुसार ३ बजे यो कुरा सार्वजनिक गर्दै आधा दिन अफिस बिदा समेत दिएको छ । आजको दिनलाई पाइ डे भनेर सेलिब्रेट पनि गरिँदै छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु