कलंकीमा लागेको आगलागीबाट ६ लाख बराबरको क्षति (भिडियो)

कलंकीमा लागेको आगलागीबाट ६ लाख बराबरको क्षति (भिडियो)

काठमाडौँ– काठमाडौँको कलङ्कीस्थित एक बेकरी पसलमा आज आगलागी हुँदा झण्डै छ लाखको क्षति भएको छ ।

सिन्धुपाल्चोकको चन्द्रावती गाउँपालिकाका केशव आचार्यले काठमाडौं महानगरपालिका वडा नं १४ कलङ्कीमा सञ्चालन गरेको बेकरी पसलमा आगलागी भएको हो ।

आगलागीबाट पाँच लाख ९८ हजार बराबरको भौतिक संरचना र मालसामन क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ग्यास चुहिएर आगलागी भएको र दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएको जनाइएको छ ।

हेर्नुहोस भिडियोः

वडा समाचारहरु

सम्बन्धित समाचारहरु