राष्ट्रपतिको १८ करोडको गाडीमाथि वरदानले युट्युबमार्फत सार्वजनिक गरे ब्यङ्ग्य गीत

राष्ट्रपतिको १८ करोडको गाडीमाथि वरदानले युट्युबमार्फत सार्वजनिक गरे ब्यङ्ग्य गीत

काठमाडौं– लोक गायक पशुपति शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट’ विवादमा तानिएपछि एकसमय नेपाली सांगीतिक आकाश निकै राम्रोसँग तात्यो । भ्रष्टाचारको बिषय लक्षित गरेर राज्यका उच्च ओहोदा रहेका माथि ब्यङ्ग्य प्रहार गरिएको गीतले गीतमा कस्ता शब्द प्रयोग गर्ने, नगर्ने भन्ने बिषयको बहस श्रृजना गर्यो ।

उक्त बहस अहिले त्यतिकै सेलाएको छ । तर राज्य र राज्यका उच्च पदका विषयमा विभिन्न किसिमका गीतसंगीत निर्माण हुन भने रोकिएका छैनन् । यस्तैमा वरदान बस्नेतले पनि प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका क्रियाकलापलाई ब्यङ्ग्य गर्दै गीत ‘बरदानको नमस्कार’ सार्वजनिक गरेका छन् ।

वरदानले गीत आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमार्फत गायकले राष्ट्रपति र प्रधानमन्त्रीलाई नमस्कार गर्दै राष्ट्रपतिले अहिले चढ्ने भनिएको १८ करोडको गाडी उनको चमत्कार भएको भन्दै ब्यङ्ग्य ठोकेका छन् ।

उनले गीतमा बलात्कारको पीडाबाट चिच्याइरहेको जनताको दुःख, नेताहरुले गरेको भ्रष्टाचार र मूल्य बृद्धीमाथि पनि ब्यङ्ग्य कसेका छन् ।

हेर्नुहोस भिडियोः

वडा समाचारहरु

सम्बन्धित समाचारहरु