निर्मला हत्या प्रकरणः ६ प्रहरीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

निर्मला हत्या प्रकरणः ६ प्रहरीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

कञ्चनपुर– जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्त प्रकरणमा मुछिएका ६ प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कार र हत्या अनुसन्धानको क्रममा अभियुक्तलाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका प्रहरी अधिकारीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले दुई प्रहरीलाई दुई मुद्दामा र अन्यलाई एक मुद्दामा धरौटी माग्ने आदेश दिएको हो । डिएसपी ज्ञान बहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्कालाई जनही ९ लाख धरौटी माग गरेको छ ।

उनीहरूसँग यातनामा ५–५ लाख र सार्वजनिक न्यायमा ४–४ लाख धरौटी माग्ने आदेश अदालतले गरेको हो । त्यस्तै इन्सपेक्टर जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामी ३ लाख ५० हजार, रामसिंह धामी ३ लाख, प्रहरी जवान चाँदनी साउद २ लाख ५० हजार धरौटी माग गर्ने आदेश गरेको जिल्ला अदालतका श्रेष्ठेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

यातना सम्बन्धी कसुरमा डिएसपी ज्ञान बहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्कालाई ५–५ लाख धरौटीमा माग गरिएको हो । यातना सम्बन्धी ४ प्रहरी अधिकारीविरुद्ध मुद्दा परेको थियो ।

ती मध्ये तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र सीआइबीका डिएसपी अंगुर जिसी फरार छन् । उनीहरूले धरौटी बुझाएमा आजै रिहा हुनेछन् भने नबुझाएमा कारागार चलान गरिने अदालतले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु