विप्लव समुहको बन्दको कारण कपिलवस्तुमा परिक्षा रोकियो !

विप्लव समुहको बन्दको कारण कपिलवस्तुमा परिक्षा रोकियो !

कपिलवस्तु– सरकारले प्रतिबन्धित गरेको नेकपा माओवादी विप्लव समुहले घोषणा गरेको नेपाल बन्दका कारण जिल्लामा सञ्चालित परिक्षा रोक्किएको छ । जिल्लाका सामुदायिक र संस्थागत बिद्यालयमा सञ्चालित कक्षा १ देखी ९ सम्मको परिक्षा बन्दकै कारण रोक्किएको हो ।

जिल्ला १० वटा स्थानिय तहमा फागुन २६ र २७ गते शुरु भएको परिक्षा बन्दका कारण रोक्किए पछि कतिपय बिद्यालयमा परिक्षा दिन आएका बिद्यार्थी परिक्षा नदिई फर्किउका थिए ।

फागुन ६ गते सम्म सम्पन्न हुने परिक्षालाई सुरक्षाको कारण देखाउदै गाँउपालिका तहकै शिक्षा ईकाईले बन्दका दिन रोक्ने निर्णय गरेको खुल्न आएको छ ।

परिक्षा स्थानीय तहले नै सञ्चालन र व्यवस्थापन गरेकाले बन्दका कारण जिल्लाभरको परिक्षा रोकिएको र रोक्किएको परिक्षा अन्तिम दिन लिने तयारी भएको जानकारी हुन आएको शिक्षा बिकास समन्वय ईकाई कपिलवस्तुका ईकाई प्रमुख उपसचिव बाबुराम भट्टराईले जानकारी दिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु