छोरीको जन्मदिनको अवसरमा रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तलीले गरे १ लाख सहयोग

छोरीको जन्मदिनको अवसरमा रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तलीले गरे १ लाख सहयोग

काठमाडौं– हाँस्यकलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले छोरीको जन्मदिनको अवसरमा गौतम बुद्ध क्रिकेट रङ्गशाला’ निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् । बिहिवार बिहान सामािजक स‌जालमा एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा उक्त सहयोगको घोषणा गरेका हुन् ।

सुबिहानीको जन्मोत्सवको अवसरमा धुर्मुस सुन्तलीले कुनै बिशेष कार्यक्रमको आयोजना नगरी रङ्गशाला निर्माणलाई सहयोग गरेका हुन् । ‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधिन रङ्गशालाका लागी सहयोग गर्न चाहान्छौं’ उनीहरुले लेखेका छन् ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरीनै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’

अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को फिल्डको काम भइरहेको छ । केही समयमै रङ्गशालाको डीपीआर र डिजाइनको काम सम्पन्न हु्ने धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु