हामी नेपाली नेपाल म्याग्दीमा नि:शुल्क आँखा शिविरको आज दोस्रो दिन

हामी नेपाली नेपाल म्याग्दीमा नि:शुल्क आँखा शिविरको आज दोस्रो दिन
  • आशिष तामाङ

बेनी – म्याग्दीमा तीन दिने निशुल्क आँखा शिविर तथा मोतियाविन्दु अप्रेशन शिविर अन्तर्गत आज दोस्रो दिन पनि विरामीको उल्लेख्य सहभागी भएको छ । विहान ८ बजे देखी सुरु भएको शिविरमा आज ७५० जनाले दर्ता गराए र हिजो ९२१ जना मध्ये को १४०० जनाले उपचार तथा ४२ जनाको अप्रेशन गरिएको डाक्टर अर्चना शर्माले जानकारी दिएकी छीन ।

हामी नेपाली नेपालको आयोजनामा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौं, बेनी अस्पताल म्याग्दी ,नेपाल रेडक्रस सोसाइटी आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोग तथा विभिन्न क्लबहरुको सहयोगमा शिविर हिजो देखी संचालन भएको हो ।

ग्रामिण भेग तथा बजार क्षेत्र भित्र रहेर पनि आर्थिक अभावमा अस्पताल जान नसकेका आँखा रोगबाट पीडित विरामीहरुलाई मध्यनजर

गर्दै शिविर आयोजना गरेको हामी नेपाली नेपाल को उपाध्यक्ष गंगाराज शर्मा पौडेलले जानकारी दिएका छन् ।

शिविरमा निशुल्क आँखा जाँच तथा मोतिया विन्दुको अप्रेशन लगायत निशुल्क चस्मा र औषधिको व्यवस्था गरिएको छ ।

हामी नेपाली नेपाल संगै लायन्स क्लब अफ म्याग्दी दोभान,लायन्स क्लब अफ बेनी मल्लाज ,लायन्स क्लब अफ बेनी महारानी ,लायन्स क्लब अफ बेनी म्याग्दी, लायन्स क्लब अफ बेनी सिटी ,लायन्स क्लब अफ बेनी पिस सिटी र लियो क्लब अफ बेनी म्याग्दीको सहयोगमा सुरु भएको शिविर भोली (चैत्र १) सम्म संचालन हुने छ ।

शिविरमा प्राविधिक सहयोगि नेपाल आँखा अस्पतालकी नेत्र रोग विशेषज्ञ अर्चना शर्माको टोलीले आँखाको जाँच तथा शल्यक्रियाको उपचारमा सेवा दिइरहेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु