नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाद्वारा दौड तथा उसु प्रतियोगिता सम्पन्न

''नयाँपार्टी स्मार्ट बैंकिङ संचालनमा''

नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाद्वारा दौड तथा उसु प्रतियोगिता सम्पन्न

काठमाडौं – नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले दौड तथा उसु प्रतियोगिता गरेको छ । गोकर्णेश्वर नगरपालिका २ स्थित नयाँपाटीमा रहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले २२औं स्थापना दिवसको अवसरमा विद्यालय स्तरीय दौड तथा उसु प्रतियोगिता गरेको हो । दौड प्रतियोगितामा ओख्रेनी मावि सुन्दरीजलका रोहित तामाङ प्रथम, सोही सकुलकै सोनाम तामाङ द्वितीय भए भने बाल सुधार मावि. नयाँपाटीका तेम्बा शेर्पा तेस्रो बने । त्यस्तै नगरस्तरीय जुनियर उसु प्रतियोगिता ७५ खेलाडी सहभागी भए ।

सहकारी क्षेत्रको माध्यमबाट खेलकुदको विकास पुर्‍याउने साथै सामाजिक क्रियाकलापसँग जोडिदै अगाडी बढ्ने उद्देश्यअनुरुप कार्यक्रम गरिएको नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार विगतका वर्षमा जस्तै यस वर्ष पनि सहकारीको स्थापना दिवसका उपलक्ष्यमा दौड तथा उसु प्रतियोगिता गरिएको बताए । नयाँपाटीले आर्थिक पाटोलाई मात्र नभई सहकारी सिद्धान्तलाई समेत मध्यनजर गर्दै सामाजिक उत्तरदाहित्वको बहन पुरा गर्न साथै खेलकुद क्षेत्रको विकासमा समेत टेवा पुग्ने ठानेर यस्ता कार्यक्रम गरिएको उनको भनाइ छ ।
उनले नयाँपाटी आर्थिक कारोबार गर्ने संस्था भईकन पनि सामाजिक उक्तरदायित्व निर्वाह गर्ने सोचका साथ सदस्यहरूको स्वास्थ्यको ध्यानमा राखी विविध त्रियाकलापमध्ये स्वास्थ्य शिविर तथा खेलकुद प्रतियोगिता गरिएको बताए । सम्पूर्ण वित्तिय समाधानको पहिलो छनौट नयाँपाटी साकोस भन्ने मूल नारासँगै सबै सदस्यहरूको स्वास्थ्य जिवन नयाँपाटी साकोसको दायित्व पनि भएको अध्यक्ष श्रेष्ठले बताए ।

उनले भने, ‘जब सदस्य स्वास्थ्य रहन्छ तब ऊmर्जा शक्तिको विकास हुन्छ । तब संस्थाको हरेक त्रियाकलापमा सदस्यको सकृय सहभागिता रहन्छ भन्ने मान्यता लिएको छु ।’ प्रतियोगितामा सहभागी सबैलाई संस्थाको निःशुल्क सदस्यता प्रदान गर्ने घोषणा पनि गरिएको थियो ।
संस्थाले आफ्नो स्थापन दिवसका दिन (चैत १६ गते) एक कार्यक्रम गरी पुरस्कार वितरण गर्ने जनाएको छ ।

यस्तै संस्थाले सदस्यहरूको सुविधालाई ध्यानमा राखी फागुन १७ (शुक्रबार) देखि नयाँपार्टी स्मार्ट बैंकिङ संचालनमा ल्याएको छ । जसमा सदस्यहरूले संस्थामा स्मार्ट बैंकिङको फाराम भरी आफ्नो एन्ड्रोइड मोबाइलको प्ले स्टोरबाट नयाँपाटी स्मार्ट बैंकिङ एप डाउनलोड गरी प्रयोग गर्न सकिनेछ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु