इतिहासका रचयिता पुस्ताले बिर्सेको अभागी :२००७ सालका जनमुक्ति सेना नरेन्द्र लामा

इतिहासका रचयिता पुस्ताले बिर्सेको अभागी :२००७ सालका जनमुक्ति सेना नरेन्द्र लामा

भनिन्छ इतिहास नै वर्तमानको गोरेटो हो । तर त्यही गोरटो चटक्क बिर्सिएर अगाडि बढ्ने प्रवृत्ति हिजोआज हाबी छ । जसरी इतिहासले वर्तमानलाई अगाडि बढ्न दिशा निर्देश गर्छ । त्यो बाटो पछाडि ननियाल्दा भोलि कुहिरोको काग बन्ने सम्भावना नकार्न सकिन्न । हामी जसरी आज बोल्न हिँड्न र स्वतन्त्रतापूर्वक आफ्ना हक, अधिकार प्रत्याभूत गर्न पाएका छौं । त्यसका पछाडि जरुर केही व्यक्तिहरूको ठूलो हात छ । त्यसलाई बिर्सनु हुन्न । देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशमा रूपान्तरण भएको छ । तर, त्यसका पछाडि यो व्यवस्थासम्म आइपुग्न साथै देशलाई प्रजातान्त्रिक मुलुकका रूपमा रूपान्तरण गर्न कसको हात र कसले भूमिका खेल्यो त्यो जान्न जरुरी हुन्छ । १ सय ४ वर्षसम्म राणाहरूको बर्बर, निरंकुश तानाशाही, जनविरोधीको कालो शासनको पञ्जाबाट देशलाई मुक्त गराउन तत्कालीन समयमा मुक्ति सेनाको अग्रपंक्तिमा उभिएर प्रजातन्क्रको सङ्खघोष गर्न लडेका जनमुक्ति सेना नरेन्द्र लामाको कथा ।

भारतको दार्जिलिङ खर्साङमा हर्कमान र म्हेन्दो लामाको कोखबाट जेठो पुत्रका रूपमा १९७९ मा जन्मिएका नरेन्द्र लामा अत्यन्तै मिलनसार थिए । उनी अहिले कागेश्वरी मनोहरा ५, थली स्थित आफ्नै निवासमा रोगसँग जुधेर बसिरहेका छन् । उनी दोहोरो बाचचित गर्न सक्दैनन् । घरको सिँढीमा भने सहाराबिना आफैं ओहोर–दोहोर गर्न भने सक्छन् । उनको साथमा पत्नी मधु, २ छोरी र ४ छोरा छन् ।

राणाशासनको दबदबा, थिचोमिचो र दमनमा नेपाली जनता पिल्सिएका थिए । जनता राणाहरूको दमनबाट मुक्त हुन चाहन्थे । त्यो बेलासम्म देशलाई प्रजातन्त्र स्थापना गर्ने विभिन्न व्यक्तिले बलिदान दिइसकेका थिए । लामा कामको सिलसिलामा कलकत्ता पुगेको समयमा नेपालको राणाविरोधी आन्दोलन आरम्भ भइसकेको थियो । आन्दोलन सफल बनाउन उनीलगायत धेरै युवा उनकै माइलो भाइ वामपन्थी नेता निर्मल लामाको प्रेरणा र आग्रहमा २००७ सालको आन्दोलनमा होमिन पुगे । तात्कालीन नेता सूवर्णशमशेर राणा, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतको नेतृत्वमा आन्दोलनमा होमिन फुगे लामा । क्रान्तिकै त्रममा राणाहरूको पञ्जाबाट मुक्त गर्न वीरगन्ज र विराटनगरको लडाइँमा अग्रफंक्तिमा रहेर लडे । वीरगन्जलाई राणाबाट मुत्त गर्न चितवनको पर्सा, ठोरीको जंगलहरूमा हात्ती संकलन गर्दै उप्परताङडीलाई मजबुत पार्दै अघि बढे । उनीहरूको नेतृत्वमा पूर्णसिंह खवास कमान्डर थिए । तात्कालीन समयमा गोलीगठ्ठा नभएका कारण केही समस्या भए । राणाहरूलाई मानसिक रूपमा पराजित गर्न धेरै बारुद जम्मा गरी एकैचोटि पड्काउने र नैतिक रूपमा पराजित गराउने उपाए अवलम्बन गर्दै लडाइँ जारी राखे अनि वीरगन्ज मुक्ति सेनाको कब्जामा आयो । त्यसपछि विराटनगरलाई मुक्त पार्ने योजनाअनुरूप अघि बढियो । तात्कालीन उक्तमवित्रम राणा बडाहाकिमका रूपमा रजाइ गरिरहेका थिए । दरबारभित्र पसेर उनलाई परास्त गर्न कठिन थियो । दरबार पुरै पर्खालले घेरिएकाले पनि त्यसलाई भत्काएर भित्र छिर्न एउटा ट्यांक (बुलडोजर) निर्माण गरी पर्खाल भत्काउँदै दरबारमा हमला गरियो । विक्रमलगायतलाई गिरफ्तार गरी विराटनगर कब्जा गरियो । (ट्यांक अर्थात् बुलडोजर अहिले गोकर्णेश्वर नगरपालिका २ मा रहेको बीपी संग्रहालयमा राखिएको छ ।)

तात्कालीन उक्तमवित्रम राणा बडाहाकिमका रूपमा रजाइ गरिरहेका थिए । दरबारभित्र पसेर उनलाई परास्त गर्न कठिन थियो । दरबार पुरै पर्खालले घेरिएकाले पनि त्यसलाई भत्काएर भित्र छिर्न एउटा ट्यांक (बुलडोजर) निर्माण गरी पर्खाल भत्काउँदै दरबारमा हमला गरियो । विक्रमलगायतलाई गिरफ्तार गरी विराटनगर कब्जा गरियो ।

२००७ सालअगाडि राणाविरोधी आन्दोलनका क्रममा राणाविरुद्ध बोल्दा, लेख्दा धेरैले ज्यान गुमाउनु पर्‍यो । २००७ सालको आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले लियो । लामालगायत योद्धाहरूकै कारण प्रजातन्त्र उदायो । क्रान्ति भएपछि केही नेताले मुक्ति सेना विघटन गर्ने र घर फर्काउने भन्न थाले । तर नरेन्द्रलगायतले त्यो मान्न तयार भएनन् । मुक्ति मोर्चाको व्यवस्थापन गर्न यसलाई विघटन गरी नेपाल पुलिस गठन भयो । लामा झापा चन्द्रगढीमा पुलिस कमान्डर भएर गए । उनले त्यहाँ पुलिस निकाय गठन गरे । केही समयपछि इलाम पुगेर सन्तवीर बडाहाकिमको कार्यलयमा सहयोगी भएर काम गरे । इलाम, ताप्लेजुङ पाँचथरलगायत जिल्लाका कुना–कन्दरामा जनसम्पर्क बढाउँदै मिलनसार र सालिन व्यक्तिका रूपमा परिचत हुँदै गए ।

कुनै समयमा नेपाली कांग्रेसलगायत नेताहरू भेट्न आए । कुनै समयमा कृष्णप्रसाद भट्टराईलाई उनले भोट माग्दै हिँडे । समय परिवर्तन हुँदै गयो । नेता र राज्यले बिर्सियो । बुढ्यौली लाग्यो । इतिहास रचेको मान्छेलाई राज्यले देख्न सकेन । प्रजातान्त्रिक मुलुकमा नेताहरू धेरै भए । प्रधानमन्त्री, राष्ट्रपति भए तर इतिहास रच्ने व्यक्तिहरू गुमनाम बने । नौला बने ।

२०२८ सालमा गृहपञ्चायत मन्त्रालयमा अग्रणी प्रशिक्षिण केन्द्रमा प्राविधिक कर्मचारीका रूपमा काम गरे । पारिवारिक बन्धनमा बाँधिएपछि पञ्चायती व्यवस्थाविरुद्ध लाग्ने स्थिति रहेन । पारिवारिक हेरचाहको जिम्मेवारी बढ्यो । कर्मचारी भएरै काम गर्नुपर्ने बाध्यता भयो । पद्मसुन्दर लावती, केबी गुरुङलगायत नेताहरूलाई राजनीति गर्न सिकाउने गुरुकै रूपमा रहे । लामाकै माइला भाइ निर्मल वामपन्थी नेता भए पनि उनी भने प्रजातान्त्रिक धारलाई समर्थन गर्दै अघि बढे । २०४७ सालको संविधान निर्माणका बखत निर्मललाई सघाउन महत्त्वपूर्ण भूमिका खेले । तात्कालीन समयमा केही मानिसले उनलाई पञ्चायती व्यवस्थाविरोधी भने । त्यसका बाबजुत उनी मिलनसार र जनसम्पर्कमा माहिर भएकाले निरन्तर कर्मचारी भएरै काम गरे । उनी २०५४ मा सेवाबाट निवृत्त भए । उनलाई कुनै समयमा नेपाली कांग्रेसलगायत नेताहरू भेट्न आए । कुनै समयमा कृष्णप्रसाद भट्टराईलाई उनले भोट माग्दै हिँडे । समय परिवर्तन हुँदै गयो । नेता र राज्यले बिर्सियो । बुढ्यौली लाग्यो । इतिहास रचेको मान्छेलाई राज्यले देख्न सकेन । प्रजातान्त्रिक मुलुकमा नेताहरू धेरै भए । प्रधानमन्त्री, राष्ट्रपति भए तर इतिहास रच्ने व्यक्तिहरू गुमनाम बने । नौला बने ।

उनले पछिल्लो समय कम्युनिस्ट, कांग्रेसलगायत राजनीतिक दलहरूको गतिविधिमा चासो राख्थे । आफ्ना समकालीन नेता थिरबम मल्ल (वीरगन्ज कब्जा गर्ने क्रममा सहादत प्राप्त गरे) को सम्झनामा खोलिएको फाउन्डेसनबाट लामा सम्मानित भए । तात्कालीन समयमा पनि नेताहरू आर्थिक प्रलोभनमा थिए । त्यसमा लामाको चित्त बुझाइ थिएन । नेताहरू नै पैसा आफ्नो खल्तीमा राख्ने प्रवृत्ति रहेको बताए ।
इतिहास रच्ने रचयिता, प्रजातन्त्र ल्याउन लडेका योद्धाहरूको योगदानलाई राज्य र पछिल्लो पुस्ताले बिर्सिएको छ । ती योद्धाहरूको अवस्था, उनीहरूको पारिवारिक अवस्था कस्तो छ भन्ने न राज्यलाई चासो न त कुनै नेतालाई नै । उनीलगायत तात्कालीन मुक्ति सेनाका योद्धाहरूमा नरेन्द्र लामा र श्याम तामाङ (नेपालगन्ज) मात्र जीवित छन् । त्यस्ता योद्धाबारे राज्यको चासो नहुनुले कतै इतिहास रचयिताहरूलाई पुस्ताले बिर्सिएको त छैन ?
(लामा दोहोरो कुरा गर्न नसक्ने भएकाले माइलो रमेश र कान्छो छोरा राजेशसँगको कुराकानीका आधारमा ।)

वडा समाचारहरु

सम्बन्धित समाचारहरु