शेयर बजारः आज १३ अङ्कले घट्यो

शेयर बजारः आज १३ अङ्कले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा १३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ विन्दुले घटेर २४४ दशमलव ७५ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १७४ कम्पनीको १४ लाख ८० हजार ६२ कित्ता शेयर कारोवार भए । स्टकका अनुसार आज ४२ करोड ८३ लाख ४१ हजार १५२ मूल्यमा खरीद बिक्री भएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु