समिरा रेड्डीले दिईन् यस्तो कडा जवाफः ‘जो कोही करिना कपुर हुँदैनन् !’

समिरा रेड्डीले दिईन् यस्तो कडा जवाफः ‘जो कोही करिना कपुर हुँदैनन् !’

एजेन्सी– बलिउड नायिका समिरा रेड्डी दोस्रो पटक आमा बन्दैछिन् । उनले एक कार्यक्रममा गर्भावस्थापछि महिलाको शरिरबारे टिप्पणी गर्नेहरुलाई गतिलो जवाफ दिएकी छिन् ।

मंगलबार ३४ वर्षे नायिकाले गर्भावस्थापछि महिलाको तौलको खिल्ली उडाउनेका लागि जो कोही करिना कपुरजस्तो हुन नसक्ने बताएकी छिन् ।

टाइम्स अटो अवार्डको ११ औं संस्करणको रेड कार्पेटमा समिराले आएएनएसलाई भनिन्, ‘त्यस्ता व्यक्तिलाई म एउटा प्रश्न सोध्न चाहन्छु । तपार्ईंहरु कहाँबाट आउनुभएको हो ? तपाईंहरु आमाको कोखबाटै जन्मिनु भएको हो । के तपाईंकी आमा तपाईं जन्मिएको बेला एकदम हट हुनुहुन्थ्यो ? यस्तो प्रतिक्रिया गर्नु लज्जास्पद हो किनभने यो नितान्त प्राकृतिक कुरा हो जुन निकै सुन्दर र अद्भूत छ ।’

‘यहाँ करिनाजस्ता निकै सेक्सी र हट देखिने व्यक्ति पनि छन् र अर्कोतर्फ मजस्ता (पहिलाको जस्तो सेपमा आउन समय लाग्ने) हरु पनि छन् । मलाई पहिलो सन्तान जन्मिएपछि पहिलेकै ढाँचामा आउन समय लाग्यो, यस्तो दोस्रो सन्तान जन्माएपछि पनि हुनसक्छ,’ उनले भनिन् ।

उनले मानिसहरुलाई जस्तो छन् त्यही रुपमा स्विकार गर्नुपर्ने बताइन् । ‘मसँग सुपर पावर छ । म एउटा बच्चालाई जन्म दिने तयारीमा छु’ उनले थपिन् ।

समिरा रेड्डीले रेस, दे दना दनजस्ता चर्चित फिल्ममा काम गरेकी छिन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु