शाल्केविरूद्ध म्यानचेस्टर सिटीको गोलको वर्षा, ७–० ले पराजित

शाल्केविरूद्ध म्यानचेस्टर सिटीको गोलको वर्षा, ७–० ले पराजित

एजेन्सी– म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगमा एफसी शाल्केविरूद्ध गोलको वर्षा गरेको छ।

दोश्रो लेग अन्तरगत भएको खेलमा उसले शाल्केलाई ७–० ले हराएको हो। पहिलो लेगमा सिटीले ऊ विरूद्ध ३–२ को जित निकालेको थियो। जितसँगै सिटी अन्तिम ८ मा पुगेको छ। समग्रममा सिटीको नतिजा १०–२ भएको छ।

घरेलु मैदान मंगलबार राति भएको दोस्रो लेगमा सिटीले ३ गोल पहिलो हाफमा गरेको हो भने बाँकी ४ गोल खेलको दोश्रो हाफमा।

खेलको पहिलो हाफमा सर्जियो अग्युरोले ३५ औं मिनेटमा पहिलो गोल गरेका थिए। त्यसलगत्तै उनले ३८ औं मिनेटमा दोश्रो गोल गरे। टिमका लागि तेश्रो गोल लिरोय सानेले ४२ औं मिनेटमा गरेका थिए।

यसैगरी दोश्रो हाफमा सिटीले ५६, ७१, ७८ तथा ८४ औं मिनेटमा गर्‍यो । ती गोलहरू क्रमशः रहिम स्ट्रलिङ्, बनार्डो सिल्भा, डिएगो फोडिन तथा गाब्रिएल जिससले गरेका हुन्।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु