बादल र विप्लवको फोटो राख्दै बाबुरामले यसो भनेः ‘के इतिहाँस फेरी दोहोरिन लागेको हो ?’

बादल र विप्लवको फोटो राख्दै बाबुरामले यसो भनेः ‘के इतिहाँस फेरी दोहोरिन लागेको हो ?’

काठमाडौं – नयाँशक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा गृहमन्त्री रामबहादुर थापा र नेकपाका नेता नेत्र विक्रम चन्द विप्लवको तस्विर राख्दै इतिहाँस दोहोरिन लागेको हो कि भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन् ‘माक्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए ‘इतिहास दुइ चोटि दोहोरिन्छ, पहिलो चोटि वियोगान्त, रूपमा र दोश्रो चोटि मजाकका रुपमा’ । नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ उनले अगाडि लेखेका छन् ।

‘एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ’।

आखिर त्यसको परिणाम के भयो ? अन्ततः दुवै धारको भिन्न भिन्न प्रकारले अवसान भयो भन्दै उनले लेखेका छन् ‘के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो ?’

वडा समाचारहरु

सम्बन्धित समाचारहरु