‘लभ स्टेसन’ लाई चोरीको आरोप लागेपछि प्रदीपले भने– “संयोग मात्र हो”

‘लभ स्टेसन’ लाई चोरीको आरोप लागेपछि प्रदीपले भने– “संयोग मात्र हो”

काठमाडौ‌– अभिनेता प्रदीप खड्काको आइतबार आफ्नो २६ औँ जन्मदिनको केक काटेका छन् । उनको रिलिज हुन लागेको चलचित्र लभ स्टेसन टिम र सञ्चारकर्मी बिचमा उनले आफ्नो जन्मदिनको केक काटेका थिए । जन्मदिनको केक काट्ने कार्यक्रममा प्रदीपलाई चलचित्रको लभ स्टेसन चोरीको आरोप लागेको छ ।

केही दिन अघि प्रदीप र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको ‘ल स्टेसन’को ट्रेलर रिलिज भएको थियो । सार्वजनिक भएसँगै ट्रेलरले वाहवाही पाएको थियो । तर चलचित्रको ट्रेलरमा रहेको एक दृश्य र टर्कीको एक चलचित्रको एक दृश्य हुबहु मिलेपछि केही दिन देखि यसको आलोचना भएको छ । टर्किस् चलचित्र ‘हर से असक्तन’ नामक चलचित्रमा रहेको उक्त दृश्य लभ स्टेशनको ट्रेलरमा हुबहु राखिएको छ ।

यसबिषयमा भने प्रदीप यो संयोगमात्र रहेको बताउँछन् । उनी भन्छन् ‘संसारमा कयौँ चलचित्रहरू बनिरहेका हुन्छन् । जसमा कुनै न कुनै सिनहरू मिल्न जानु स्वाभाविक नै हो । तर यसलाई ठुलो विषय बनाउन जरुरी छैन । सामान्य केही सिनहरू उस्तै लागेता पनि चलचित्र भने फरक छ ।’ उनी थप्छन् ‘हामीले चलचित्रमा एउटै कुराहरू गरिरहेका हुन्छौ तर फरक तरिकाले, त्यही प्रयोग हामीले लभ स्टेसनमा गरेका छौ । कुनै चलचित्रको सिन मिल्यो भन्दैमा कपि भनेर भन्न मिल्दैन ।हामीले कपि गरेका छैनौँ मात्र राम्रो बनाएका छौ । ’

वडा समाचारहरु

सम्बन्धित समाचारहरु