नेपाल एशोसिएशनको नाममा युएईमा एनआरएनए दर्ता

नेपाल एशोसिएशनको नाममा युएईमा एनआरएनए दर्ता

युएई– नेपाल एशोसियशनको नाममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) यूएईमा दर्ता भएको छ ।

गत आइतबार एनआरएनए युएईको अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) कम्युनिटी डेभलपमेन्ट अथोरिटी (सीडीए) मा दर्ता भएको हो ।

युएईको कानुनअनुसार सामाजिक संस्था दर्ता गर्न युएईका स्थानीय नागरिक २ जनासहित न्युनतम ८ जना रहनुपर्ने प्रावधान छ । जसमा एनआरएनए अध्यक्षसहित अन्य ७ जना पदाधिकारीहरु रहेका छन् ।

एनआरएनए युएई कानुनी रुपमा दर्ता भएको दोस्रो नेपाली गैर नाफामुलक सामाजिक संस्था हो। यसअघि ‘हामी नेपाली’ नामक संस्था युएईमा दर्ता भैसकेको छ ।

एनआरएनए युएई कानुनी रुपमा दर्ता भएलगत्तै युएईमा हुने सामाजिक कार्य्रकमहरूले सहजता पाउने आम युएईबासी नेपालीहरूले बिश्वास लिएका छन् ।

एक बर्षको कार्यकाल हुने उक्त संस्थाले सामाजिक, सांस्कृतिक, खेलकुद, मनोरञ्जन र परोपकारी क्षेत्रमा काम गर्ने सक्ने उल्लेख गरिएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु