भिन्न स्वाद पोख्दै नुडल्स क्याफे

भिन्न स्वाद पोख्दै नुडल्स क्याफे
  • सुरज लकान्द्री

मनिसलाई जब भोक लाग्छ तब उसको मष्तिक्समा एउटै मात्र कुराले घेरा लगाउँछ । त्यो हो राम्रो, मिठो र सस्तो मुल्यमा खाजा खाने ठाउँ कता होला ?

धेरै मान्छे त्यस्तो रेष्टुरेन्ट र क्याफेको खोजीमा हुन्छन जहाँ आफ्नो गोजीको पैसाले पेट भर्न पुगोस र जिब्रोको स्वाद पनि नबिग्रीयोस भन्ने चाहाना सबैको हुन्छ । तर अधिकांश रेष्टुरेन्ट र क्याफेको चर्को मुल्यले गर्दा यी कुराहरु मुश्किल नै हुन जान्छ । चर्को मुल्य, स्वाद, ठाउँ, र शुद्धतालाई मध्यनजर गर्दे चावहिल सेन्ट्रल कम्प्लेक्सको तल्लो तलामा रहेको नुडल्स हाउस एण्ड बर्गर बारले आफ्नो सेवा प्रदान गर्दे आएको छ ।

सो क्याफेले ग्राहकको भोक मेटाउनलाई र स्वादलाई स्थापित गर्दे क्याफेले विभिन्न परिकारको खाजा खाना सेट र सहुलियत मुल्यमा सेवा प्रदान गरेको छ । उक्त क्याफेका संचालक बिजेन शर्माका अनुसार “हामी यस क्याफेलाई शान्त रमणिय वातावरण सहित यहाँ पाइने खानाको शुद्धता र स्वादलाई लिएर अत्यन्तै सचेत रहन्छौ । बेला बेला ग्राहकको परामर्श अनुसार मेनुको खानाका परिकारहरु पनि थप्ने गरेका छौ र यदी कोहि ग्राहक आफ्नो परिवार सहित हाम्रो सेवा लिन आउनु हुन्छ भने हामीले बिशेष प्रतिशत छुटको व्यवस्था पनि गरेका छौ” उनले भने ।

सो क्याफेमा खाजा खाने ग्राहक मात्र नभएर स्वरोजगार हुन चाहाने युवाहरु बारिष्टा ट्रेनिङ्गको लागि पनि आउने कुरा संचालक शर्मा बताउँछन् । क्याफेमा विशेषगरि बढी मात्रामा ग्राहकह? माँझ मःम, चाउमिन, नेपाली खाजा सेट, बर्गर र कफी प्रशस्त मात्रामा प्रवाह हुन्छन् । सो क्याफेमा पाइने विभिन्न खाजाको स्वाद र यहाँको शान्त वातावरणले गर्दा नै उक्त क्याफे प्रति ग्राहकहरु बढी आकर्षित भएका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु